काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग हिजाे गृहमन्त्रालयमा भएको छलफलमा मन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताउनुभयो ।
उहाँले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डे...