राजस्व अनुसन्धान विभाग: ३३ महिनामा ७८० विरुद्ध मुद्दा

विभागले यो अवधिमा आधा खर्ब रूपैयाँभन्दा बढी राजस्व तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरेको छ। ३३ महिनामा दुई सय २० मुद्दामा सात सय ८० जना विरुद्ध राजस्व अपचलनतर्फ ३६ अर्ब ३१ करोड रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको मैनालीले बत...

सम्बन्धित सामग्री

राजस्व अनुसन्धान विभाग : छोटो समयमै नेतृत्व फेरिँदा कार्यसम्पादनमा असर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागमा छोटो समयमै नेतृत्व परिवर्तन भइरहँदा कार्यसम्पादनमा असर परेको छ । पछिल्लो समय विभागको महानिर्देशक बनेका मदन दाहाल जिम्मेवारी सम्हालेको चार महीना नपुग्दै सरुवा भएका छन् । २ वर्षमा विभागमा चार महानिर्देशक परिवर्तन भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभागका महानिर्देशक झलकराम अधिकारीलाई गत कात्तिकमा फिर्ता बोलाएको थियो । गत असारमा महानिर्देशकमा नियुक्त अधिकारीलाई साढे ४ महीनामै मन्त्रिपरिषद् कार्यालय झिकाएर दाहाललाई महानिर्देशक बनाइएको थियो । देउवा नेतृत्वको सरकारले महानिर्देशक बनाएको ९ महीनामै प्रकाश पौडेललाई फिर्ता बोलाएको थियो । पौडेलको पालामा महान्यायाधिवक्ताको असहमति हुँदाहुँदै पनि बोटलर्स नेपालको कर छली प्रकरणमा मुद्दा दायर भएको थियो । पौडेलअघि विभागमा महानिर्देशक रामप्रसाद आचार्य थिए । उनको पनि ७ महीनामै सरुवा भएको थियो । पटकपटक महानिर्देशक परिवर्तन हुनुलाई विभागका कर्मचारी असामान्य मान्छन् । तीन महीनाअघि दाहाल महानिर्देशक बनेपछि भन्सारमा हुने राजस्व छलीमा कडाइ गरेका थिए । भन्सारमा कडाइ गरिएसँगै दाहालको सरुवा गर्न विभिन्न समूह लागिपरेका थिए । महानिर्देशक दाहालका अनुसार विभागमा तीन महीनामा राजस्व चुहावटतर्फ १९९ ओटा सूचना आएकोमा ६४ करोड ३१ लाख रुपैयाँ मागदाबीसहित ६ ओटा मुद्दा दर्ता गरिएको छ । अरू अनुसन्धानको चरणमा छन् । विदेशी विनिमय अपचलनमा ६ ओटा सूचना आएको र ५ ओटा मुद्दा दर्ता भएको विभागले जानकारी दिएको छ । यसमा ५२ लाख ३३ हजार रुपैयाँ मागदाबीसहित मुद्दा दर्ता भएको छ । दाहाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । यस्तै वेबमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)को प्रयोगकर्ता १ लाख ९० हजार १४२ पुगेको छ । यस्तो अनुगमनबाट ७६ ओटा कम्पनीलाई ५८ लाख १८ हजार रुपैयाँ जरीवाना गरिएको छ । कर र भन्सार छलीसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी पाएको विभागको नेतृत्व पछिल्लो समय छिटो–छिटो परिवर्तन भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्तामा आएसँगै नयाँ सरकारले विभागको नेतृत्वको फेरेको हो । हालसम्म विभागमा आउने महानिर्देशकको टुंगो लागिनसकेको सूचना अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभागमा नेतृत्व फेरिरहँदा अस्थिरता पैदा भएको छ । विभागका कर्मचारीका अनुसार नेतृत्व अस्थिर हुनु, कर्मचारीको अभाव, सूचना कम आउनु र विभागको विद्यमान प्रणालीमा सुधार नआउनुजस्ता कारण विभागको मुद्दा दर्तामा समेत अपेक्षित प्रगति हुन सकेको छैन । विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले २०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । पछि राजस्व चुहावट नियन्त्रण गर्न एक विशिष्टीकृत निकायको रूपमा अर्थ मन्त्रालयअन्तर्गत राजस्व अनुसन्धान विभाग २०५० सालमा स्थापना भएको थियो । प्रारम्भमा कर राजस्व चुहावट सम्बन्धी अनुसन्धान र अभियोजन गर्ने क्षेत्राधिकार पाएको विभागले आर्थिक वर्ष २०६५/६६ देखि गैरकर राजस्व चुहावटसम्बन्धी अनुसन्धान गर्ने र अभियोजन गर्ने क्षेत्राधिकार समेत प्राप्त गरेको छ ।

राजस्व छलीमा मुद्दा दायर

काठमाडौं, पुस २०। राजस्व अनुसन्धान विभाग ललितपुरले ललितपुर महानगरपालिका–११, कुम्भेश्वर निवासी त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा पेस गरेको अभियोगपत्रमा महर्जनविरुद्ध छ करोड १७ लाख ९२ हजार रुपियाँ बिगो दाबीसहित हदैसम्मको कानुनी सजायको माग गरिएको छ । महर्जनले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा […]

एक वर्षमा राजस्व अनुसन्धानद्वारा ३४७ वटा मुद्दा दायर, साढे १० अर्ब मागदाबी

राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा ३४७ प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट र विदेशी विनियम अपचलन गरेको पाइएका व्यक्ति तथा संस्थाहरू विरुद्ध सो संख्यामा मुद्दा दायर गर्दै १० अर्ब ५५ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।राजस्व अनुसन्धान विभाग तथा विभाग अन्तर्गतका कार्यालयहरूले गरेको अनुसन्धानबाट गैरकानुनी काम गरेको पाइएपछि विभिन्न व्यक्ति तथा फर्म विरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार राजस्व चुहावट गर्

हुण्डी कारोबार गरेको अभियोगमा राजु अग्रवाल विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभाग हरिहरभवनले हुण्डीजन्य कारोबार गरेको अभियोगमा राजु अग्रवाल विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । भारत राजस्थान घर भई काठमाडौं बिजुलीबजार बस्ने अग्रवालविरुद्ध मुद्दा दायर भएको हो ।

प्रहरीले बरामद गरेको महँगो ब्राण्डका २९६ कार्टुन रक्सी सक्कली कि नक्कली ?

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार राजधानीका विभिन्न स्थानबाट बरामद गरेका महँगा ब्रान्डका रक्सी सक्कली हुन् की नक्कली भन्ने यकिन नभइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ । सक्कली भए राजस्व छलीको घटनामा विभागले अनुसन्धान गरी आवश्यक प्रकृया अगाडि बढाउने व्यवस्था छ । नक्कली भए प्रहरीले नै मुद्दा चलाउँछ । महाशाखा प्रमुख […]

राजस्व चुहावटको आरोपमा १२ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ।

पाँच करोड बढीको राजस्व चुहावट गर्ने १२ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी रु पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

पाँच करोड बढीको राजस्व चुहावट गर्ने १२ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी रु पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

हुण्डी कारोबारको आरोपमा मुद्दा

राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरले काठमाडौं भ्यू टावर निर्माण गरिरहेको कम्पनी जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसहित चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा हुण्डी कारोबार गरेको आरोपमा मुद्दा दायर गरेको छ । भेटवालसहित ४ जनाले ४ करोड ६० लाख रुपैयाँ अवैध कारोबार गरेको आरोपमा विभागले जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको हो । विभागले भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट र निशा गुरुङविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।

प्रधानमन्त्रीको मातहतमा आएको विभागको एक्सन्: ४२ फर्मविरुद्ध छ अर्बको मुद्धा

काठमाडौं :  राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत आएको केही समयमै ४२ वटा व्यापारिक फर्मविरुद्ध अदालतमा मुद्धा दायर गरिएको छ। विभागले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दै  करिब छ खर्ब (पाँच अर्ब ७७ करोड १७ लाख छ हजार ३६ रुपैँया) विगो तथा ३ बर्षको सजाय माग गरेको छ। कारबाहीमा परेका फर्मह...