राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरले काठमाडौं भ्यू टावर निर्माण गरिरहेको कम्पनी जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसहित चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा हुण्डी कारोबार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
भेटवालसहित ४ जनाले ४ करोड ६० लाख रुपैयाँ अवैध कारोबार गरेको आरोपमा विभागले जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको हो । विभागले भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट र निशा गुरुङविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।