खोटाङ : खोटाङमा ९ सय ६० मतदाता घटेका छन्। गत ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ।जिल्लामा स्थानीय तहको निर्वाचनमा १ लाख ४३ हजार ७५२ मतदाता रहेका थिए। गत असार १ गतेदेखि साउन १९ गतेसम्म सञ्चालन भएको मतदाता नामावली संकलन अभियानमा १ हजार २७५ नयाँ मतदाता पनि थपिएका थिए। केही समय अगाडि निर्वाचन कार्यालयले मृत्यु भएका, बसाई सरेका र डुप्लीकेसन भएका मतदाता कटाएकाले जिल्लाको मतदाता संख्या घटेको छ।अब आगामी ४ मंसिरमा