प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
गत आइतवारका दिन साधारणसभा सम्पन्न भएको हो ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सम्बन्धित सावधानी अपनाई भौतिक तथा जूममार्फत सभामा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो ।
साधारण सभाबाट आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरणहरू पारित गरि सो आर्थिक वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँको १५ प्रतिशत (खुद) का दरले शेयरधनीहरुलाई बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रय...