कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गोरखामा १० दिनका लागि निषेधाज्ञा जारी भएको छ ।आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले निषेधाज्ञा जारी गरेका हुन् । भदौ १ गते राति १२ बजेबाट ११ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताए ।