पर्सा : कोरोनाले गाँज्ने क्रम तीव्र हुँदै गएको पर्सामा एक हप्ताका लागि भनी लगाइएको निषेधाज्ञा तेस्रो हप्ता पनि जारी हुने भएको छ।गएको वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा दोस्रो हप्ता थप गरी भोलि (बिहीबार) वैशाख ३० गते रातिसम्म पुर्याइएको थियो। त्यो म्याद सकिने एक दिनअंघि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधबार बसेको बैठकले तेस्रो हप्ता पनि निषेधाज्ञा बढाउने निर्णय गरेको हो। यो निर्णयसँगै आगामी जेठ ६ गते राति १२ बजेसम्मका निषेधाज्ञा जारी रहने डिसिसिएमस