इलाम नगरपालिका वडा नं ८ मा रहेको महाभीर चटानमा आरोहणको रुट तयार भएको छ। विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाको पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा रुट बनेको हो।...
काठमाडौँ, १७ वैशाख । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुसीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली तथा आरोहण दलले छ हजार एक सय १९ मिटर उचाइको सोलुखुम्बुको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । सन् १९२३ मा स्थापना भएको इन्टरपोलको […]
काठमाडौँ । हिमालय एयरलाइन्सकी वरिष्ठ उडान परिचारिका सुश्री ॐनिका डङ्गोलसहितको सगरमाथा आरोहण टोलीले यही मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । स्थानीय समयअनुसार यही जेठ २ बिहान ७तः३० बजे थामसेर्कु ट्रेक्स एन्ड एक्सपिडिसनको आरोहण टोलीसँग परिचारिका डङ्गोलले सगरमाथाको चुचुरो आरोहण गरेका हुन् । सुश्री डङ्गोल आज सकुशल काठमाडौँ फर्किएको र उनलाई […]
यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् । आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले साथ दिएका कारण यतिको सङ्ख्याका आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ। अहिलेकै जस्तो मौसमले साथ दिए अबको एक हप्ताभित्र यो सिजनको आरोहण सकिनेसमेत विभागको अनुमान छ।विभागका पर्वतारोहण शाखा अधिकृत भीष्मराज भट्टराईका अनुसार जारी सिजनमा साना हिमाल आरोहण गर्ने अधिकांशले आरोहण पूरा गरिसकेका छन् भने सगरमाथा आरोहण पनि अघिल्ला वर्षको तुलनामा सुरक्षित र समय
दमौली, १० पुस: तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण गर्दै आरोही । यस ठाउँको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्य सहित पुस १२ गतेसम्म चट्टान आरोहण प्रतियोगिता सञ्चालन भईरहेको छ ।- तस्वीर : कृष्ण न्यौपाने, रासस
अटम सिजनमा मनास्लु हिमालको पहिलो आरोहण पूरा भएको छ । शनिबार स्वीडेनका नागरिक ब्रुनो म्याग्नस, मिग्मा दोर्ची शेर्पा (टोली नेता), डिकी ल्हामु शेर्पा र छिरिङ नामगेल शेर्पाको टोलीले जारी सिजनको आरोहण गरेको हो ।बिहान १०.४८ बजे सो समूहले ६१६३ मिटरमा रहेको हिमालको आरोहण पूरा गरेको आरोहणको व्यवस्थापक पायनियर एडभेन्चरका व्यवस्थापनका अध्यक्ष पासाङ शेर्पाले बताए । […]
अटम सिजनमा मनास्लु हिमालको पहिलो आरोहण पूरा भएको छ ।शनिबार स्वीडेनका नागरिक ब्रुनो म्याग्नस, मिग्मा दोर्ची शेर्पा (टोली नेता), डिकी ल्हामु शेर्पा र छिरिङ नामगेल शेर्पाको टोलीले जारी सिजनको आरोहण गरेको हो ।बिहान १०.४८ बजे सो समूहले ६१६३ मिटरमा रहेको हिमालको आरोहण पूरा गरेको आरोहणको व्यवस्थापक पायनियर एडभेन्चरका व्यवस्थापनका अध्यक्ष पासाङ शेर्पाले बताए । उनले […]
चालू सिजनमा ३२० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । आइतबारमात्रै १७० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् भने यसअघि करिब १५० आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।करिब १ हप्ता मौसमी खराबीका कारण रोकिएको आरोहण शनिबारबाट मौसम सुधार आएसँगै आरोही चुचुरोतर्फ लाग्ने क्रम बढेको अधिकारीहरुले जनाएका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले […]
वसन्तयामको सगरमाथा आरोहणका लागि हालसम्म तीन आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ ।
आज थप एक आरोही समूहलाई आरोहण अनुमति दिइएको पर्यटन विभागले जनाएको छ । त्यस्तै आजै ल्होत्से हिमाल आरोहणका लागि पहिलो आरोहण अनुमति जारी भएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । उनका अनुसार वसन्त आरोहणका लागि हालसम्म सगरमाथासहित नौ आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ । सगरमाथामा तीन, अन्नपूर्णमा तीन तथा मनास्लु, नुप्से र ल्होत्सेमा समान एक÷एक समूहले आरोहण अनुमति लिएका छन् ।