सिजनको पहिलो आरोहण पूरा

अटम सिजनमा मनास्लु हिमालको पहिलो आरोहण पूरा भएको छ ।शनिबार स्वीडेनका नागरिक ब्रुनो म्याग्नस, मिग्मा दोर्ची शेर्पा (टोली नेता), डिकी ल्हामु शेर्पा र छिरिङ नामगेल शेर्पाको टोलीले जारी सिजनको आरोहण गरेको हो ।बिहान १०.४८ बजे सो समूहले ६१६३ मिटरमा रहेको हिमालको आरोहण पूरा गरेको आरोहणको व्यवस्थापक पायनियर एडभेन्चरका व्यवस्थापनका अध्यक्ष पासाङ शेर्पाले बताए । उनले […]

सम्बन्धित सामग्री

प्रहरीद्वारा लोबुचेको सफल आरोहण

काठमाडौँ, १७ वैशाख । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुसीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली तथा आरोहण दलले छ हजार एक सय १९ मिटर उचाइको सोलुखुम्बुको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । सन् १९२३ मा स्थापना भएको इन्टरपोलको […]

यो मौसमका लागि तीन हिमाल आरोहण खुल्यो

सरकारले यो सिजन (शरद) का लागि ३ वटा हिमाल आरोहण खुला गरेको छ। स्वदेशी तथा विदेशी नागरिकका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोहण खुला गरिएको हो।...

हिमालय एयरलाइन्सको सगरमाथा आरोहण

काठमाडौँ । हिमालय एयरलाइन्सकी वरिष्ठ उडान परिचारिका सुश्री ॐनिका डङ्गोलसहितको सगरमाथा आरोहण टोलीले यही मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । स्थानीय समयअनुसार यही जेठ २ बिहान ७तः३० बजे थामसेर्कु ट्रेक्स एन्ड एक्सपिडिसनको आरोहण टोलीसँग परिचारिका डङ्गोलले सगरमाथाको चुचुरो आरोहण गरेका हुन् । सुश्री डङ्गोल आज सकुशल काठमाडौँ फर्किएको र उनलाई […]

प्रमोद श्रेष्ठद्वारा सगरमाथा सफल आरोहण

नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राईडर प्रमोद श्रेष्ठ 'गुफी'ले सगरमाथा सफल आरोहण गरेका छन्। उनले आरोहण अप्रिल ११, २०२२ सुरु गरेका थिए।...

४८० जनाले गरे सगरमाथाको आरोहण

यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् । आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले साथ दिएका कारण यतिको सङ्ख्याका आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ। अहिलेकै जस्तो मौसमले साथ दिए अबको एक हप्ताभित्र यो सिजनको आरोहण सकिनेसमेत विभागको अनुमान छ।विभागका पर्वतारोहण शाखा अधिकृत भीष्मराज भट्टराईका अनुसार जारी सिजनमा साना हिमाल आरोहण गर्ने अधिकांशले आरोहण पूरा गरिसकेका छन् भने सगरमाथा आरोहण पनि अघिल्ला वर्षको तुलनामा सुरक्षित र समय

चट्टान आरोहण

दमौली, १० पुस: तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण गर्दै आरोही । यस ठाउँको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्य सहित पुस १२ गतेसम्म चट्टान आरोहण प्रतियोगिता सञ्चालन भईरहेको छ ।- तस्वीर : कृष्ण न्यौपाने, रासस

सिजनको पहिलो आरोहण पूरा

अटम सिजनमा मनास्लु हिमालको पहिलो आरोहण पूरा भएको छ । शनिबार स्वीडेनका नागरिक ब्रुनो म्याग्नस, मिग्मा दोर्ची शेर्पा (टोली नेता), डिकी ल्हामु शेर्पा र छिरिङ नामगेल शेर्पाको टोलीले जारी सिजनको आरोहण गरेको हो ।बिहान १०.४८ बजे सो समूहले ६१६३ मिटरमा रहेको हिमालको आरोहण पूरा गरेको आरोहणको व्यवस्थापक पायनियर एडभेन्चरका व्यवस्थापनका अध्यक्ष पासाङ शेर्पाले बताए । […]

मौसम सुध्रेपछि धमाधम सगरमाथा आरोहण

चालू सिजनमा ३२० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । आइतबारमात्रै १७० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् भने यसअघि करिब १५० आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।करिब १ हप्ता मौसमी खराबीका कारण रोकिएको आरोहण शनिबारबाट मौसम सुधार आएसँगै आरोही चुचुरोतर्फ लाग्ने क्रम बढेको अधिकारीहरुले जनाएका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले […]

नेपाली महिलाद्वारा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण

काठमाण्डाै – नेपाली महिलाहरूले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहणमा गएका पाँच जना महिलाले शुक्रवार दिउँसो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो । सफल आरोहण गर्नेहरूमा माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा र पूर्णिमा श्रेष्ठ हुनुहुन्छ । त्यस्तै आरोहण दलमा रहनुभएकी शर्मिला स्याङ्तानको आरोहण सफल भएन/भएको बारेमा जानकारी आइनसकेको अध्यक्ष शेर्पाले बताउनुभयो ।    याे आराेह...

९ आरोही समूहलाई आरोहण अनुमति

वसन्तयामको सगरमाथा आरोहणका लागि हालसम्म तीन आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ ।  आज थप एक आरोही समूहलाई आरोहण अनुमति दिइएको पर्यटन विभागले जनाएको छ । त्यस्तै आजै ल्होत्से हिमाल आरोहणका लागि पहिलो आरोहण अनुमति जारी भएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । उनका अनुसार वसन्त आरोहणका लागि हालसम्म सगरमाथासहित नौ आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ । सगरमाथामा तीन, अन्नपूर्णमा तीन तथा मनास्लु, नुप्से र ल्होत्सेमा समान एक÷एक समूहले आरोहण अनुमति लिएका छन् ।