चट्टान आरोहण

दमौली, १० पुस: तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण गर्दै आरोही । यस ठाउँको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्य सहित पुस १२ गतेसम्म चट्टान आरोहण प्रतियोगिता सञ्चालन भईरहेको छ ।- तस्वीर : कृष्ण न्यौपाने, रासस

सम्बन्धित सामग्री

मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण

मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङ भिरमा चट्टान आरोहण साहसिक खेल परीक्षण गरिएको हो ।

मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण

अन्नपूर्ण पदमार्ग अन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ।

बन्दीपुरको बाँदर कुद्ने भीरमा चट्टान आरोहण

तनहुँ । बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । उक्त पहरामा विसं २०६० देखि चट्टान आरोहण सुरु भएको हो । पहरामा एक सय ६० वटा फलामे नटबोल्ट […]

सगरमाथा आरोही कल्पना चट्टान आरोहण गराउन सिकाउँंदै

काठमाडौं । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनबाट दिइने प्रारम्भिक तालिम इलाम नगरपालिका–८ मा रहेको चट्टान आरोहणमा १ हप्ताको लागि संचालन भएको हो । याम बहादुर (कमल) फाउण्डेशन इलामले आयोजना गरेको चट्टान आरोहण तालिममा कल्पनाको साथमा प्रशिक्षक मनिषा बुढामगर […]

चट्टान आरोहण गर्न सिकाउँदै कल्पना महर्जन

तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन त्यहाँं पुगेकी छिन्। त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले जनाइन्। कल्पनाको साथमा प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेल पनि रहेका छन्।...

चट्टान आरोहण प्रतियोगिता

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहराको संरक्षणका लागि चट्टान आरोहण प्रतियोगिता गरिएको छ । बन्दीपुर गाउँपालिका, नेपाल पर्यटन बोर्ड र गण्डकी अल्पाइन क्लब पोखराको संयुक्त आयोजनामा चट्टान आरोहण प्रतियोगिता भएको हो । पृथ्वी राजमार्ग विस्तारका क्रममा पहरा मासिने चर्चा चलेसँगै यसको संरक्षणका लागि ध्यानाकर्षण गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको चुनपहरा बचाउ अभियानका […]

गुरुङ र तामाङलाई चट्टान आरोहण प्रतियोगिताको उपाधि

तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरमा सञ्चालन भएको प्रथम चट्टान आरोहण प्रतियोगिताको उपाधि पुरुषतर्फ दिपेन गुरुङ र महिलातर्फ पञ्चमाया तामाङले जितेकी छन् ।

गुरुङ र तामाङलाई चट्टान आरोहण प्रतियोगिताको उपाधि

तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरमा सञ्चालन भएको प्रथम चट्टान आरोहण प्रतियोगिताको उपाधि पुरुषतर्फ दिपेन गुरुङ र महिलातर्फ पञ्चमाया तामाङले जितेकी छन् ।

विमलनगरमा चट्टान आरोहण महोत्सव

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा चट्टान आरोहण महोत्सव हुने भएको छ । गण्डकी अल्पाइन क्लब पोखराको आयोजनामा पुस ७ गतेदेखि १२ गतेसम्म चट्टान आरोहण महोत्सव हुन लागेको हो । विमलनगर चट्टान आरोहणका लागि उपयुक्त गन्तव्य हो । पृथ्वीराजमार्ग विस्तारका क्रममा यो ठाउँ भत्किने भएकाले यसको संरक्षण गर्न माग गर्दै चट्टान आरोहण महोत्सव हुन लागेको क्लबका अध्यक्ष नरेन्द्र शाहीले बताए । ‘साहसिक पर्यटनको प्रवर्द्धन गरौं : विमलनगर चुनपहरा जोगाऔं’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा पुरूष र महिलालाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ । उक्त प्रतिस्पर्धामा प्रथम हुनेलाई रू. ५० हजार प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ । द्वितीय हुनेलाई रू. २० हजार र तृतीय हुनेलाई रू. १० हजार प्रदान गरिनेछ । चुनपहरा बचाउ अभियानका अभियानकर्मी एवं सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चट्टान आरोहणको प्रशिक्षणस्थल बनेको यस ठाउँको संरक्षण गर्नुपर्ने बताए । अरू पनि केही स्थानमा चट्टान आरोहण हुने भए पनि विमलनगरको चुनपहरा सबैभन्दा उपयुक्त रहेको बताइन्छ । हालसम्म आरोहणका लागि पत्ता लागेको पहरामध्ये सबैभन्दा धेरै २७ ओटा रूट भएको यही मात्र चट्टान हो । यहाँका स्थानीय बासिन्दाले पनि यस ठाउँको संरक्षण हुनुपर्ने भन्दै आवाज उठाइरहेका छन् । राजमार्ग विस्तार योजनाअनुरूप सडकको मापदण्डअनुसार मध्यविन्दुबाट दायाँ र बायाँ २५/२५ मीटर विस्तार गर्न चिह्न लगाउने कार्य सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको सडक विस्तार अति आवश्यक रहेको भए पनि पृथ्वी राजमार्गसँगै जोडिएको यस क्षेत्रको संरक्षण हुनुपर्ने स्थानीय बासिन्दाको माग छ । चुनपहरा संरक्षण समितिले हाल कायम गरिएको सडक मापदण्डलाई आवश्यकताअनुसार घटाउन, आरोहण क्षेत्रपट्टिको मापदण्ड घटाई खोलापट्टिको मापदण्ड बढाउन र विमलनगरको पुलबाट पारि करीब १.५ किमीको वैकल्पिक ट्र्याक खोली नयाँपुल हुँदै निस्कने सडक बनाउने विकल्प अगाडि सारेको छ । पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न स्थान तथा विदेशबाट समेत पर्यटक चट्टान आरोहणका लागि आउने गरेका छन् । रासस

प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न माग

दमौली, ७ जेठ: तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक बिस्तारका क्रममा चट्टान आरोहण मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि माग गरेका हुन् । नेपाल खेलकुद महासङ्घका महासचिव मेखराज पौडेलको पहल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको समन्वयमा स्थानीयवासी, खेलसँग सम्बन्धित […]