वैदेशिक रोजगार पारदर्शी बनाउनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी यो व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभामा शुक्रबार प्रधानमन्त्री दाहालले श्रममन्त्री र सचिवसँग छलफल गरी श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन सरकार तयार रहेको बताएका हुन् । उनले वैदेशिक रोजगारीको क्षेत्रमा धेरै विकृति र […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताउनुभएको छ । शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताउनुभएको हो । वैदेशिक रोजगारीको क्षेत्रमा रहेका विकृति विसंगति रोक्न व्यवसायीको सहयोगको आवश्यकता रहेको समेत प्रधानमन्त्री दाहालले बताउनुभयो । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, पारदर्शी एवं प्रभावकारी बनाउने र गलत क्रियाकलाप निरुत्साहित गर्ने प्रक्रियामा केही प्रगति भइरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले हरेक क्षेत्रमा जनता र राष्ट्रका निम्ति केही नयाँ शुरुआत गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । व्यवसायीले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको उहाँको भनाइ थियो ।

वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रम मन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक...

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छुः प्रधानमन्त्री

काठमाडौँ,६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएको हो । प्रधानमन्त्रीले भने, “म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको […]

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज शुक्रबार काठमाडौमा हुँदै छ । शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेपश्चात् निर्वाचन कार्य सुरु हुनेगरी कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ । सो निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना […] The post वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेती

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् ।  सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये एक डा. उप्रेतीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई बताए ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उप्रेतीसहित युवराज बस्नेत र […]

प्रधानमन्त्री र ६ मन्त्री ६ घण्टे कार्यक्रममा सहभागी हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा बिहीबार काठमाडौंमा हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन् ।एनआरएनएले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा छलफल गर्न आयोजित सो ६ घण्टे कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगा

तंग्रिन थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा

काठमाडौं । गतवर्ष कोरोना महामारीका कारण अस्तव्यस्त भएर विस्तारै उठ्न थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा पर्ने देखिएको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र संक्रमितको संख्यालाई ध्यानमा राखी रोजगार गन्तव्य मुलुकले नेपाललाई पनि ‘रेड जोन’मा राख्ने खतरा बढेको हो । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले गतवर्षको लकडाउनले श्रमबजारलाई अस्तव्यस्त बनाएको र पछिल्ला दिनमा संक्रमण बढेपछि लागू गरिने निषेधाज्ञा/लकडाउन लगायत कारण यो क्षेत्र थप संकटमा पर्ने बताए । अहिले हजारौंको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा जान प्रक्रिया अघि बढेकोमा कोभिडको बढ्दो संक्रमणले अनिश्चित बन्न सक्ने उनले बताए । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए । संघका महासचिव सुजित श्रेष्ठका अनुसार अहिले पनि मलेशिया, साउदी अरब र दुबईमा नेपाली कामदार जान पाइरहका छैनन् । साउदी अरब, कतार, ओमन र मलेशियामा कामदार पठाउनेबारे अहिले म्यानपावर कम्पनीले लबिङ गरिरहेका छन् । त्यसैले छिट्टै ठूलो संख्यामा नेपालीहरू पठाउने तयारी छ । कोरोना रोकथामका लागि चालिएका कदमका बीच नेपालीलाई सुरक्षित तवरले विदेश पठाउन सरकारले सहजीकरण गर्नुपर्ने व्यवसायीको भनाइ छ । बुधवार वैदेशिक रोजगार विभागका महानिर्देशक संयोजक रहेको सहजीकरण समितिको बैठक समेत बस्दै छ । उक्त समितिको सिफारिशमा बुधवार साँझसम्म निषेधाज्ञाका बीच वैदेशिक रोजगारीमा नेपालीलाई पठाउनेबारे श्रम मन्त्रालयले उचित निर्णय लिने अपेक्षा व्यवसायीको छ । त्यसो त, खाडी मुलुक, मलेशिया, यूरोपेली मुलुक, कोरिया, जापान र अफ्रिकी देशबाट घर फर्किने नेपालीको संख्या बढ्न थालेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । चैतमा मात्र विदेशबाट ६० हजार नेपाली स्वदेश फर्किएको तथ्यांकले देखाउँछ । हाल दैनिक करिब ३ हजार नेपाली स्वदेश फर्किरहेको विमानस्थका एक उच्च अधिकारीले जानकारी दिए । सरकारले विदेशबाट फर्किएका नेपालीलाई १० दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिए पनि उनीहरूलाई राख्ने क्वारेन्टाइनको व्यवस्था भने मिलाइएको छैन । विदेशबाट फर्किएका नेपालीलाई क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई दिइएको छ । सीसीएमसीले यस विषयमा कुनै योजना बनाउन सकेको छैन । प्रभावित देशबाट स्वदेश फर्किएकाहरू स्वास्थ्य मापदण्ड पूरा गरी होम क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बताउँछन् । कोरोना भाइरसको संक्रमण रहेका देशमा ५० लाखभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । सरकारले विदेशबाट आउनेलाई सुरक्षित तवरले आइसोलेसन बनाएर व्यवस्थापन गर्नुपर्ने श्रमविज्ञ डा. गणेश गुरुङ बताउँछन् । उनका अनुसार उनीहरूलाई अब विदेश जानै नपर्नेगरी रोजगारीका काममा समेत लगाउनुपर्छ । गतवर्ष लकडाउनकै बेला ठूलो संख्यामा नेपालीहरू रोजगारी खोसिएर स्वदेश फिर्ता भए । रोजगारीका लागि सो वर्ष साढे ७ लाखले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिए ।

वैदेशिक रोजगारी : श्रमिककाे प्रश्न, गुनासो र समस्या सुन्न श्रम कल सेन्टर

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ र कुनै समस्यामा पर्नुभएको ? वा विदेश जाने तयारीमा ? वा देशभित्रै कुनै काम या व्यवसाय गर्ने योजना छ ? तपाईँले आफ्नो समस्या, गुनासो, प्रश्न र जिज्ञासा वैदेशिक रोजगार बोर्डको कल सेन्टरमा राख्न सक्नुहुन्छ ।  वैदेशिक रोजगार बोर्डले श्रमिकका समस्या, जिज्ञासा सुन्न र सम्बन्धित निकायसँग समन्वय गरी त्यसको समाधान गर्नका लागि श्रम कल सेन्टर सञ्चालन गरिरहेको छ ।  कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा ...

वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र

काठमाण्डौ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । वैदेशिक रोजगारीको नाममा म्यानपावर व्यवसायीले गरिरहेको ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागबाट भइरहेको अनुगमनलाई तिब्रता दिनुपर्ने माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषा जिल्ला स्तरीय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत विभाग, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र श्रम मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । साथै समितिले फ्र...