मंकीपक्स पुष्टि हुने देशको संख्या बढ्दै, के - के हुन् मंकीपक्सका लक्षण ?

जेठ ८, काठमाडौं । कोरोना भाइरसको महामारीबाट अहिले विश्व राम्ररी उब्रिसकेको छैन । यस्तोमा फेरि अर्को रोगको प्रकोप देखिएको छ, मंकीपक्स । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यूरोपको नौ ओटा देश, अमेरिका, क्यानडा र अष्ट्रेलियामा बिफर जस्तो देखिने यो भाइरल संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय यो सूचिमा इजरायल र स्वीटजरल्यान्ड पनि थपिएका छन् । योसँगै संक्रमण भेटिएका देशको संख्या १४ पुगेको छ ।  यूरोपमा यो रोग तीव्र दरमा फैलिरहेको छ । अहिलेसम्म युरोपका बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्वीडनमा मंकीपक्सको संक्रमण पाइएको छ । संक्रमितको संख्या ९२ भन्दा धेरै रहेको बताइएको छ । प्रकोप व्यापक नभएपनि भाइरस कसरी फैलियो भन्ने जानकारी नभएकोले यसबारे सर्वसाधारणहरुमा चिन्ता बढेको छ । विज्ञहरुले भने कोरोना भाइरस जस्तै गरी यो नफैलिने बताइरहेका छन् । यद्यपि, भाइरस म्युटेट भइरहने र यसको नयाँ नयाँ स्ट्रेन देखिने भएकोले यसलाई रोक्ने व्यापक प्रयास भने हुनु पर्ने बताइएको छ ।   यो जनावरबाट मानिसमा सर्ने भाइरस हो । यसको लक्षण बिफरको जस्तै हुन्छ । मंकीपक्स गराउने भाइरस पनि बिफर भाइरसकै वर्गको हो । तर यो बिफरजत्तिको गम्भीर नभएको अनि कम संक्रामक रहेको बताइएको छ । सन् १९५८ मा बाँदरमा पहिलो पटक यो भाइरस देखिएकोले यसको नाम मंकीपक्स राखिएको हो । यो रोगले विशेषगरी अफ्रिकीहरु लामो समयसम्म आक्रान्त बनेको पाइएको छ । मानिसमा भने पहिलो पटक मंकीपक्सको पुष्टि  सन्  १९७० मा रिपब्लिक अफ कंगोमा भएको थियो ।  यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशका उष्णतटीय वर्षा वननजिक रहेका दूर्गम भेगमा पाइएको थियो । सन् २००३ मा अमेरिकामा पनि यसको प्रकोप देखिएको थियो । पछिल्लो समय बेलायतमा मे ७ मा पहिलो पटक यो रोग पुष्टि भएपछि क्रमशः अन्य देशमा पनि यो पाइने क्रम बढेको छ । बेलायतमा नाइजेरियाबाट आएका दुई बिरामीमा मंकीपक्सको संक्रमण पाइएको थियो ।  के - के हुन् मंकीपक्सका लक्षण ?  मंकीपक्सको संक्रमणको लक्षण ५ देखि २१ दिनसम्ममा देखिने गर्दछ । शुरुको अवस्थामा यसको लाक्षण अन्य संक्रामक रोगहरुसँग मिल्दो जुल्दो देखिन्छ । ज्वरो आउनु, टाउको दुख्नु र जिउ दुख्नु, लिम्फ नोड सुन्निनु, ढाड दुख्नु, मांशपेशी दुख्नु, कमजोरी यसका यसका प्रारम्भिक लक्षण हुन् । यी लक्षणहरु देखिएको १ देखि ३ दिनमा अनुहारमा बिबिरा देखिन थाल्छन् । यो विस्तारै शरीरका अन्य हिस्सामा फैलिन्छन् । यी बिबिरा पानी फोका बन्छ अनि फुट्दै, सुक्दै जान्छन् । यस्ता डाबर निकै चिलाउने खालका हुन्छन् । डाबर फुटेर सुक्दै गएपछि विस्तारै उप्किएर जान्छ । यस्ता घाउहरु १४ देखि २८ दिनमा आफैँ निको हुने हुन्छन् ।  कसरी सर्छ मंकीपक्स ?  मंकीपक्स बादर, मुसा लगायत जनावरबाट  मानिसमा सर्दछन् । मंकीपक्स भाइरसको संक्रमण संक्रमित जनावरको शरीरबाट निकल्ने तरल पदार्थ अथवा रगतबाट सर्न सक्ने बताइएको छ । मानिसबाट मानिसमा चाँहि थुकको छिटा, फुटेको छाला वा नाक, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण हुन सक्छ । भाइरस भएको कपडाबाट पनि सर्न सक्ने बताइएको छ । यो रोग शारीरिक सम्पर्कबाट पनि सर्न सक्ने बताइएको छ । एजेन्सीहरुको सहयोगमा

सम्बन्धित सामग्री

बैतडीमा कुष्ठरोगीको संख्या बढ्दै, ४ जना नयाँ बिरामी फेला

बैतडीमा कुष्ठरोगीको संख्या बढ्दै गएको छ। चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा जिल्लामा ४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

धरानमा डेङ्गु संक्रमितको संख्या बढ्दै

मोरङ – सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु संक्रमित बिरामीको संख्या बढ्दै गएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार गएको एक सातामा ६ सय १५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ८ सय १९ जनाको परीक्षणमा ६ सय १५ जनामा संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानको कोभिड अस्पताल भवनतर्फ ३० शैय्याको […]

असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।

प्रदेश १ मा आत्महत्या गर्नेको संख्या बढ्दै

मोरङ – प्रदेश १ र मधेश प्रदेशलाई जोड्ने कोसी बराजको क्षेत्रबाट नदीमा हामफालेर आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। बुधबार दिउँसो कोसी गाउँपालिका–८ स्थित बराज क्षेत्रमा एक महिला शंकास्पद गतिवीधि गरिरहेकी थिइन्। सुनसरीको धरान–१ की २७ वर्षीया महिलाको गतिविधि स्थानीयले नियाल्दै गए। केहीलाई महिलाको गतिविधि अनौठो लागिरहेको थियो। त्यत्तिकैमा स्थानीयले महिलाको गतिविधिमा शंका लागेर प्रहरीलाई […]

अंगभंग भई वैदेशिक रोजगारीबाट फर्कनेको संख्या बढ्दै

वैदेशिक रोजगारीका क्रममा अंगभंग भई फर्कनेको संख्या बढ्दै गइरहेको छ। गत आर्थिक वर्षमा २ सय ७४ जना कामदार अङ्गभङ्ग भएर नेपाल फर्किएका छन्।...

पाल्पामा सडक बालबालिका र मानसिक रोगीको संख्या बढ्दै

पाल्पा । पाल्पामा सडक बालबालिका र मानसिक रोगीहरुको संख्या बढ्दै गएको छ । त्यसको व्यवस्थापनमा अझै पनि सम्बन्धित निकायले ध्यान दिएको पाईदैन । तर, समस्याका रुपमा बढ्दै गएपछि स्थानीय अभियान नेपालले उनीहरुको पालनपोषण, शिक्षा, स्वास्थ्य र रोजगारीको समेत व्यवस्थापन गर्दै आएको छ । झण्डै दुई दशक अगाडि पाल्पाको मिसन अस्पतालका निर्देशक अष्ट्रेलियन नागरिक डिग्वे ह्विलले […]

नेपालमा लुपसका बिरामीको संख्या बढ्दै

नेपालमा लुपसका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुने, छालाको समस्या हुने, मुट कलेजो, जोर्नीको समस्याका बिरामीहरू ह्वातै बढेकोलुपस नेपालले जनाएको छ। विश्व लुपस महिनाको अवसर पारी लुपस नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा लुपसका बिरामी संख्या बढ्दै गएको जानकारी दिइएको हो। लुपस एक प्रकारको निको नहुने तर समयमै रोग पहिचान भएमा रोकथाम गर्न सकिने जोर्नीसम्बन्धी दुखाइ हुने दीर्घ रोग हो।कार्यक्रममा बाथरोग विशेषज्ञ डा. बुद्धि पौडेलले लुपसको पहिचान गर्न अहिले पहिलाजस्तो गाहो नभए पनि १५ देखि ४५ वर

संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै

नेपालमा कोरोना भाइरस संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा देशभर...

कर्णालीमा कोरोना जित्नेको संख्या बढ्दै

सुर्खेत । पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४२३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ । आज थप २५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ४०९ जनामा गरिएको पीसिआर परीक्षणबाट  ८७ जना र ५५५ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशभर १ लाख १३ हजार ९०८ जनामा पीसिआर र २

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका