रुकुम पश्चिम - दुई हप्तादेखि रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोटमा खानेपानीको अभाव भएको छ । घरमा जोडिएको धारामा पानीको आपूर्ति कम मात्रामा हुँदा स्थानीयवासीले हैरानी खेप्नु परेको छ ।
मुसीकोटको खलङ्गा बजार, पातुखोला, बागबजार, सेरीगाउँ, ढिकीच्याउँ लगायतका क्षेत्रमा पानीको आपूर्ति नहुँदा नागरिकले समस्या झेल्दै आएका छन् । घरमा जोडिएको धारामा पानी आउन छोडेको भन्दै यहाँका नागरिकले गुनासो गरेका छन् । स्थानीय गोकर्ण खड्काले आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी नागरिकले सहज रुपले पाउन नसकेको ब...