गत आवमा रू १६ अर्बको तरकारी आयात

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा रू. १६ अर्ब बराबरको ५ लाख ७९ हजार मेट्रिक टन (मेटन)  विभिन्न प्रकारका तरकारी आयात भएको छ भने रू. १३ करोड बराबरको करीब ६ हजार मेटन तरकारी निर्यात भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०१९।२० मा ३९ लाख ६२ हजार मेटन बराबरको तरकारी आयात भएको देखिन्छ । मुलुकको कुल तरकारीको मागमा आयातको अंश करीब ११ प्रतिशत बराबर रहेको छ । १० वर्षअगाडि नेपालको तरकारी बजारमा आयातको अंश करीब ४ प्रतिशत मात्र रहेको थियो । विगत १३ वर्षको अवधिमा तरकारीको आयातको औसत वार्षिक वृद्धिदर करीब २७ प्रतिशत रहेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार विगत १० वर्षमा तरकारीको औसत आर्थिक वृद्धिदर करीब  करीब  २ दशमलव ५ प्रतिशत मात्र रहेको छ । नेपालमा तरकारीको कुल माग ४४ लाख ४५ हजार मेटन रहेको छ । आर्थिक वर्ष २०२०/२१ मा तरकारीको कुल आयातमा भारतको अंश करीब  ९० प्रतिशत रहेको छ भने चीन र बँगलादेशको अंश क्रमशः ८ र २ प्रतिशत रहेको छ । नेपालमा विश्वका विभिन्न २० ओटा देशबाट तरकारी आयात हुने गर्छ । अफ्रिका महादेशदेखि यूरोप, एशिया र अमेरिकाका विभिन्न देशबाट नेपालमा तरकारी आयात हुने गर्छ । कुल आयातित तरकारीमा आलुको अंश करीब  ५२ प्रतिशत रहेको छ भने प्याज, लसुन, टमाटर, च्याऊ, केराऊ तथा अन्य हरिया कोशा काउलीबन्दा, भेडेखुर्सानी फर्सी लौका आदि पनि प्रशस्त मात्रामा आयात हुने गर्छ । उपर्युक्त तथ्यांक र तथ्यहरूबाट नेपालमा तरकारीको उत्पादन र निर्यातमा जडता देखिएको छ भने आयातको वृद्धिदर उच्च रहेको देखिन्छ । आयातको प्रवृत्ति र उत्पादनको अवस्थालाई हेर्दा आगामी वर्षहरूमा तरकारीको आयात अझ वृद्धि हुन जाने देखिन्छ ।

सम्बन्धित सामग्री

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महीनामा निर्यातको तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्य बराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्य बराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महीनामै रु ३८ करोड ३१ लाख ८७ हजार दुई सय बराबरको व्यापार घाटा भएको छ । नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेंडा छन् । यीमध्ये सबैभन्दा बढी रु नौ करोड ५४ लाख ७२ हजार मूल्य बराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिए ।  यसैगरी तरकारीमा गोलभेंडा रु पाँच लाख १२ हजार मूल्य बराबरको २६ मेट्रिक टन र रु पाँच लाख ८९ हजार मूल्य बराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेंडा भारत निर्यात हुने गरेको छ । १९ करोड बढीको गोलभेंडा आयात चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेंडा मात्रै रु १९ करोड ३७ लाख ४० हजार मूल्य बराबरको नौ हजार छ सय ८७ मेट्रिक टन आयात भएको छ । सोही अवधिमा भारतबाट रु दुई करोड सात लाख ८० हजार मूल्य बराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र रु तीन करोड ७१ लाख ८० हजार मूल्य बराबरको एक हजार आठ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ । तरकारीमध्ये मुला र बन्दाकोभीचाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी लगायतका कोशी प्रदेशका जिल्लामा बन्दाकोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ । कोदो र आलुमा पनि भारतकै भर नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा रु २३ करोड ६१ लाख ६० हजार मूल्य बराबरको चार हजार नौ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । सोही अवधिमा भारतबाटै रु ९९ करोड ८९ लाख चार हजार मूल्य बराबरको ४१ हजार छ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ । ती महीनामा रु एक अर्ब ८६ करोड ६५ लाख ६३ हजार मूल्य बराबरको ३६ हजार सात सय ३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ । यसैगरी उक्त अवधिमा रु दुई करोड ५९ लाख ९२ हजार मूल्य बराबरको तीन सय ६१ मेट्रिक टन चना, रु नौ करोड २२ लाख चार हजार मूल्य बराबरको एक हजार ३६ मेट्रिक टन मुसुरो दाल, रु १२ करोड ८६ लाख मूल्य बराबरको एक हजार दुई सय ८६ मेट्रिक टन लसुन र रु ९८ लाख ५६ हजार मूल्य बराबरको छ सय १६ मेट्रिक टन उखु भारतबाट आयात भएको छ ।  पूर्वीनाका काँकडभिट्टाबाट चालु आवको तीन महीनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसला बाली र बीउबिजन गरेर कुल रु पाँच अर्ब १० करोड ६० लाख ३१ हजार मूल्य बराबरको आयात भएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताए ।  सोही अवधिमा तरकारी, जडीबुटी, प्लाइउडका सामान, अम्रिसो लगायतका कुल रु पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको उनले जानकारी दिए । रासस

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

काठमाडौं, जेठ २४। सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए । कालीमाटी फलफूल तथा तरकारी […]

नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण

तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ।...

आठ महिनामा नेपालले गर्यो विभिन्न देशबाट पौने १३ अर्बको तरकारी आयात

काठमाडौं, १४ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा नेपालले विभिन्न देशबाट १२ अर्ब ७६ करोड ९७ लाख ६६हजार रुपैयाँको तरकारी आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा उक्त रकममा ४३करोड ५८लाख २७हजार ७८९केजी विभिन्न प्रकारका तरकारी नेपाल भित्रिएको छ। पछल्लो आठ महिनामा ६अर्ब २२करोड रुपैयाँको आलु र ४अर्ब ४९करोड रुपैयाँ प्याज नेपालले आयात गरेको छ।

४ अर्ब ८६ करोडभनदा बढीको तरकारी आयात, सबै भन्दा बढी आलु

काठमाडौं।चालु आर्थिक वर्ष २०७९÷८०को पहिलो तीन महिनामा विभिन्न देशबाट ४अर्ब ८६ करोड ४१ लाख ३६ हजार रुपैयाँको तरकारी आयात भएको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नेपालले विभिन्न देशबाट २अर्ब ६२ करोड ६६ लाख ३४ हजार रुपैयाँको आलु आयात गरेको छ।यसै समय अवधिमा ११ करोड ५४लाख ९७ हजार रुपैयाँको गोलभेडा भित्रिएको विभागले बताएको छ।

रोकिएन विषादीयुक्त तरकारी आयात

काठमाडौं । भारतबाट आयात हुने तरकारी, फलफूल र अन्य कृिषजन्य वस्तु विषादीको अवशेष मापन गरेर मात्र नेपाल भित्र्याउने सरकारको नीतिविपरीत दिनहुँ त्यत्तिकै भित्रिइरहेको छ । काठमाडौं उपत्यकामा खपत हुने ४५ प्रतिशत तरकारी र ७५ प्रतिशत फलफूल भारतबाट आउँछ । तर, सम्बद्ध निकायको कमजोरीले विषादीयुक्त तरकारी र फलफूल उपभोक्ताको पेटसम्म पुग्ने जोखिम छ । भैरहवा नाकाबाट मात्रै पछिल्लो ३ महीनामा तरकारी, फलफूल र गेडागुडी गरी १२ ट्रक विषादीयुक्त सामान भित्र्याउन खोजेको पाइएको छ । भैरहवा भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत माघदेखि चैत दोस्रो सातासम्म त्यहाँबाट १६ सय मालवाहक ट्रक भित्रिएका छन् । तीमध्ये १२ ओटा ट्रकमा आयात हुन लागेको तरकारी र फलफूलमा मापदण्डभन्दा बढी विषादी भेटिएपछि उतै फिर्ता पठाइएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार चना, जुनार, सुन्तला, अंगुर, खर्बुजा, आलु, प्याज, च्याउ, केरा लगायतमा चेकजाँचका क्रममा मापदण्डभन्दा बढी विषादी अवशेष पाइएपछि भारततिरै फिर्ता पठाइएको हो । तरकारी तथा फलफूलमा विषादीको मात्रा नाप्ने निषेध दर (इन्हिबिशन रेट) ३५ प्रतिशतभन्दा कम भएमा खानयोग्य मानिन्छ । निषेध दर ३५ देखि ४५ प्रतिशत भएमा त्यस्तो तरकारीलाई कम्तीमा ५ दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशतमा झरेको खण्डमा खानयोग्य मानिन्छ । त्यस अवधिसम्म पनि निषेध दर तोकिएको सीमामा नआए फिर्ता पठाउने गरेको अधिकारीहरू बताउँछन् । नाकाबाट भित्रने खाद्य पदार्थमा विषादीको मात्रा परीक्षणको जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने पर्याप्त कर्मचारी नहुँदा प्रभावकारी ढंगले काम गर्न नसकेको गुनासो गर्छ । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले कार्यालयमा पर्याप्त कमर्चारी नहुँदा काम प्रभावकारी हुन नसकेको बताए । ‘भैरहवास्थित हाम्रो कार्यालयमा जम्मा ११ जना कर्मचारी छन् । ती ११ जनाले आन्तरिक बजारमा उत्पादित खानेकुराको गुणस्तर परीक्षणको काम पनि गर्नुपर्छ । भारतबाट भित्रने तरकारीको विषादी परीक्षण गर्ने जिम्मेवारी पनि उनीहरूकै हो । दुईतिरको कामको बोझ थोरै कर्मचारीमा थोपरिँदा प्रभावकारी हुन नसक्ने उनीहरूको भनाइ छ । ‘समयमा रिजल्ट दिन नसक्दा विषादीयुक्त तरकारी भित्रिने जोखिम छ । हालसम्म रिक्त दरबन्दीमा कर्मचारी आएका छैनन्,’ उनले भने । नेपाल सरकारले आयातित वस्तुमा विषादी परीक्षण गर्न नाकामा छुट्टै विषादी प्रयोगशाला स्थापना गर्दै छ । प्रयोगशाला स्थापनाकै क्रममा रहेकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभागलाई गत कात्तिकदेखि उक्त जिम्मेवारी दिएको हो । बुटवल, भैरहवा, कपिलवस्तु वीरगञ्जलगायत नाकास्थित खाद्यको कार्यालयमा अहिले दिनहुँ सयौंको संख्यामा नमूना परीक्षणका लागि ल्याइन्छ । तर, कर्मचारी नहुँदा काम सहज रूपमा हुन सकेको छैन । विषादीयुक्त तरकारी र फलफूल खाँदा मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिकित्सक बताउँछन् । वीर अस्पतालका मुटुरोग विषेशज्ञ डा. अर्जुन बुढाथोकीका अनुसार तरकारी र फलफूलमा प्रयोग भएको विषादीले मानव शरीरको सबै अंगमा असर गर्ने भएकाले यसबाट बच्नुपर्ने हुन्छ । ‘हाम्रो शरीरको त्यस्तो कुनै अंग हुँदैन, जसलाई पिषादीले असर नगर्ने होस् । विषादी बढी भएको तरकारी प्रयोगले मुख्य गरी मुटु, छाला, नसासम्बन्धी रोग, महिलाको रजस्वला र प्रजननमा समस्या ल्याउनुका साथै सबै किसिमका क्यान्सरमा यसले भूमिका खेल्छ,’ उनले भने । त्यसैले यसबाट बच्न तरकारीलाई कम्तीमा ५ पटकसम्म सफा वा नुन वा पोटास मिसाइएको पानीले पखाल्नुपर्ने उनको सुझाव छ ।

दैनिक करिब ६ करोडको तरकारी आयात

८ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ । यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको मात्रै […]

कर्णालीमा दैनिक ७९ टन फलफूल र तरकारी आयात

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा दैनिक ७९ क्विन्टल फलफूल र तरकारी आयात हुने गरेको छ । आयात हुने फलफूल र तरकारी मध्ये लुम्बिनी प्रदेशबाट १३ टन चार क्विन्टल, भारतबाट ५६ टन ६ क्विन्टल र चीनबाट ९ क्विन्टल फलफूल दैनिक आयत हुने गरेको कर्णाली प्रदेश कृषि बजार व्यवस्थापन समिति सुर्खेतले जनाएको छ । सबै भन्दा […]

दैनिक तीन लाखको तरकारी आयात

मागअनुसारको उत्पादन नहुँदा कैलालीमा दैनिक करिब ३ लाख रूपैयाँ बरावरको तरकारी आयात हुने गरेको छ । स्थानीय उत्पादनले नपुग्ने भएपछि भारतबाट दैनिक करिब ३ लाख रूपैयाँको तरकारी आयात हुने गरेको कैलाली भन्सार कार्यालय धनगढीले जनाएको छ ।

तीन महिनामा ५ अर्बको तरकारी आयात

मुलुकमा पछिल्लो तीन महिनामा ५ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा ५ अर्ब २१ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको छ ।