आठ महिनामा नेपालले गर्यो विभिन्न देशबाट पौने १३ अर्बको तरकारी आयात

काठमाडौं, १४ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा नेपालले विभिन्न देशबाट १२ अर्ब ७६ करोड ९७ लाख ६६हजार रुपैयाँको तरकारी आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा उक्त रकममा ४३करोड ५८लाख २७हजार ७८९केजी विभिन्न प्रकारका तरकारी नेपाल भित्रिएको छ। पछल्लो आठ महिनामा ६अर्ब २२करोड रुपैयाँको आलु र ४अर्ब ४९करोड रुपैयाँ प्याज नेपालले आयात गरेको छ।

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। आगामी आर्थिक वर्षका लागि बजेट लेखनको काम सुरु गरिएको छ। सोमबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले महँगिएको छ।८ महिनामा ५८९विदेशी नागरिकले नेपालमा काम गर्न लिए श्रम स्वीकृति लिएका छन्। पछिल्लो आठ महिनामा नेपालभित्र २१ अर्ब २० करोड रुपैयाँ बढीको तरकारी आयात गरिएको छ।गयरातीको हावाहुरी र असिनापानीले पाल्पामा १५ करोड रुपैयाँभन्दा बढीको तरकारी र फलफूलमा क्षति पुगेको छ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सरकारले वैदेशिक लगानी आकार्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने घोषणा गरेको छ। आर्थिक मन्दीका कारण सुनसरी–मोरङ क्षेत्रका उद्योगहरुले ७० प्रतिशत उत्पादन कटौती गरेका छन्। नेपाली कामदारको लागि कोरियामा कृषि र उत्पादनमूलक क्षेत्रबाहेक अन्य तीन क्षेत्रमा काम गर्न पाइने भएको छ। पछिल्लो ४ महिनामा नेपालीको भान्सामा १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ।

गड्डाचौकी नाकाबाट ६ महिनामा सात करोडको तरकारी आयात – देशसञ्चार

महेन्द्रनगर – कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा सात करोड रुपैयाँभन्दा बढीको तरकारी आयात भएको छ। कञ्चनपुरमा बितेका वर्षमा तरकारी खेतीप्रति किसानको

४ महिनामा विदेशबाट ११ अर्ब  ३५ करोड रुपैयाँको तरकारी भित्रियो

काठमाण्डाै – कृषिप्रधान भनिएको देश नेपालमा चार महिनामा विदेशबाट झन्डै साढे ११ अर्ब रुपैयाँको तरकारी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार नेपालमा ११ अर्ब  ३५ करोड रुपैयाँको तरकारी विदेशबाट आयात भएको हो । चार महिनामा २८ करोड ३४ लाख किलोग्राम तरकारी आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा भने साढे २९ प्रतिशतले कमी हो । अघिल्लो वर्षको चार महिनामा १६ अर्ब रुपैयाँभन्दा धेरेको तरकारी भित्रिएको विभागको तथ्याङ्क ...

४ अर्ब ८६ करोडभनदा बढीको तरकारी आयात, सबै भन्दा बढी आलु

काठमाडौं।चालु आर्थिक वर्ष २०७९÷८०को पहिलो तीन महिनामा विभिन्न देशबाट ४अर्ब ८६ करोड ४१ लाख ३६ हजार रुपैयाँको तरकारी आयात भएको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नेपालले विभिन्न देशबाट २अर्ब ६२ करोड ६६ लाख ३४ हजार रुपैयाँको आलु आयात गरेको छ।यसै समय अवधिमा ११ करोड ५४लाख ९७ हजार रुपैयाँको गोलभेडा भित्रिएको विभागले बताएको छ।

४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी आयात

काठमाडौं– चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मूल्य बराबरको विभिन्न प्रकारका तरकारी नेपालले आयात गरेको हो । भन्सार विभागका अनुसार बितेको तीन महिनामा नेपालले कुल ४ अर्ब ८६ करोड ४१ लाख […]

दैनिक करिब ६ करोडको तरकारी आयात

८ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ । यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको मात्रै […]

भारतबाट पौने ८ अर्बको तरकारी, साढे ४ अर्बको दूध र हर्लिक्स आयात

१४ जेठ, काठमाडौं । गत साउनदेखि फागुन मशान्तसम्मको आठ महिनामा भारतबाट पौने आठ अर्बको तरकारी आयात भएको छ । आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपालले यस अवधिमा भारतबाट सात अर्ब ६९ करोड ३ लाख रुपैयाँ मूल्य बराबरको तरकारी आयात गरेको छ । चालू आवमा तरकारी आयात गत आवको तुलनामा केही घटेको भने देखिएको …

तीन महिनामा ५ अर्बको तरकारी आयात

मुलुकमा पछिल्लो तीन महिनामा ५ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा ५ अर्ब २१ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको तरकारी आयात भएको छ ।