काठमाडौं। स्वास्थ्य मन्त्रालयले भेरोसिलको दोस्रो मात्रा खोपका लागि स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत् जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउन अनुरोध गर्दै मन्त्रालयले सूचना जारी गरेको छ। दोस्रो मात्रा खोप लगाउनेहरूको लगत तयार भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने मन्त्रालयले जनाएको छ। तत्कालै खोप लगाउनुपर्नेका लागि हाल सवारीपासको अनुमति नदिन प्रशासन कार्यालयलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।