यौन शोषण मुद्दामा कपिलवस्तुका जिल्ला न्यायाधीशमाथि अनुसन्धान सुरु

बुटवल : जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको मुद्दामा अनुसन्धान सुरु भएको छ। पीडितले प्रहरीमा दिएको उजुरीमा न्यायाधीश गिरीले आफूलाई बन्धक बनाएर पाँच वर्षदेखि यौन शोषण गरेको आरोप लगाएकी छन्। उजुरी परेपछि न्यायाधीश गिरीमाथि छानबिन थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। पीडित…

सम्बन्धित सामग्री

बलात्कारको आरोप लागेपछि कपिलवस्तुका न्यायाधीशले दिए ‘चोरी’को उजुरी

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिमाथि एक जना महिलाले बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी छन् । आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका छन् ।न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले रातोपाटीलाई बताए । उनले भने–‘महिलाले बलात्कारको उजुरी दिनुभएको छ, दुवै उजुरीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।पीडित महिलाले सुरुमा दिएको बलात्कारको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो ।

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

२० मंसिर, काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी […]