चार पाङ्ग्रे सवारी साधनको आयात एक महिनाको अवधिमा तीन गुणाले वृद्धि भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । यस वर्षको साउनदेखि भदौमसान्तसम्म ३८१ थान विद्युतीय सवारी साधन, जिप र भ्यान आयात भएकोमा भदौमा एक हजार २२१ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएको छ ।

काठमाडौं । विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण हुनुपर्ने आवाज जनस्तरदेखि संसद्सम्म उठिरहेका बेला विषादी आयात पनि चिन्ता र चासोको विषय बन्दै गएको छ । नेपालको आयात तथ्यांक हेर्दा विषादीको प्रयोग प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष सन् २००८/०९ मा करीब ५४ करोड बराबरको विषादी आयात भएकोमा आर्थिक वर्ष २०२१/२२ मा सो आयात रू. ५ अर्ब १३ करोड पुगेको छ, जुन साढे ८ गुणाले बढी हो । परिमाणमा हेर्दा गत आर्थिक वर्षमा १२ हजार ७९२ मेट्रिक टन विषादी आयात भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी विषादी भारतबाट भित्रिएको छ, जुन कुल विषादी आयातको करीब ८६ प्रतिशत छ । सो अवधिमा विश्वका ३० ओटा देशबाट नेपालमा विषादी भित्रिएको छ । विषादीको आयातबाट रू. ४१ करोड भन्सार राजस्व संकलन भएको छ ।
रैथानै बीउको प्रतिस्थापन र विषादी नभई नफस्टाउने बीउको आम प्रयोगसँगै विषादीको प्रयोग पनि बढ्दै गएको हो । यसैगरी बेमौसमी तरकारी तथा फलफूलखेतीका कारण पनि विषादीको प्रयोग बढ्दो छ । कृषकमा चेतनाको कमी, राज्यको अदूरदर्शिता र कृषिविज्ञमा रहेको अन्धानुकरण प्रवृत्तिले विषादीको प्रयोग विकराल बन्दै छ । मानव, पशु र वनस्पतिका लागि समेत जोखिमपूर्ण मानिने विषादीको प्रयोग बढ्दै जानु चिन्ताको विषय हो, जसको समयमै नियन्त्रण आवश्यक छ ।
३१ असोज, काठमाडौं । विद्युत्को नियमित आपूर्ति सहज बनेपछि मुलुकभर विद्युतीय चुल्होको प्रयोग बढ्न थालेको छ । केही वर्षअघिसम्म केही हजारको संख्यामा आयात हुने विद्युतीय चुल्हो अहिले लाखको संख्यामा पुगेको भन्सार विभागले जनाएको छ । इन्डक्सन र इन्फ्रारेड गरी गरी दुई खाले विद्युतीय खाना पकाउने चुल्होको आयात बढेको विभागको भनाइ छ । पाँच वर्षअघि झण्डै […]
माछा आयातलाई प्रतिस्थापन गर्ने सरकारी प्रयासका बावजुद पनि भारतबाट माछाको आयात बढेको छ । अघिल्लो आवको तुलनामा गत आवमा वीरगन्ज नाकाबाट माछाको आयात बढेको तथ्यांकले देखाएको छ । वीरगन्ज माछा आयात हुने मुलुककै मुख्य नाका हो ।
साउन ११, झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ ।
क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा रू. चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रू. एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ ।
आर्थिक वर्ष २०७६/७७ मा रू. पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रू. दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ ।
कोभिड–१९ को संक्रमणकालीन अवस्थामा निर्यात बढी देखिनुमा अन्तरराष्ट्रिय बजारमा कृषिजन्य वस्तुको मूल्य बढ्नु मुख्य रहेको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाइ छ ।
पूर्वी नाका हुँदै भारत र बंगलादेशमा सबैभन्दा बढी अलैँची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिठ्ठा, मुसुरो दाललगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको उनले बताए । उनले अलैँची, चिया, अम्रिसो र अन्य कृषिजन्य वस्तुको तलुनामा बढी निर्यात भएको जानकारी दिए । रासस
एजेन्सी। अप्रिल महिनामा भारतको निर्यात तीन गुणाले बढेको छ। सरकारी तथ्यांकअनुसार अप्रिलमा भारतबाट कुल ३०.६३ अर्ब डलरको निर्यात भएको छ। अघिल्लो वर्षको यही अवधिमा भारतबाट जम्मा १०.३६ अर्ब डलरको निर्यात भएको थियो। निर्यातसँगै भारतको आयात पनि दुई गुणाले बढेको छ। यस अवधिमा भारतले ४५.७२ अर्ब डलरको आयात गरेको छ। गत वर्षको अप्रिलमा १७.१२ अर्ब डलरको आयात भएको थियो।