५ वर्षमा ६३७ गुणाले बढ्यो किवी आयात, स्वदेशी छाडेर विदेशी किवी किन खान थाले नेपाली ?

काठमाडौं । पछिल्लो केही वर्षयता नेपालमा किवी आयात ह्वात्तै बढेको छ । आर्थिक वर्ष (आव) ०७४/७५ यता नेपालमा किवी आयात ६३७ गुणाले बढिसकेको छ ।  भन्सार विभागको तथ्यांक अनुसार आव ०७४/७५ मा ४ हजार ५९२ किलोग्राम आयात भएको किवी आव ०७८/७९ मा ३ लाख ३६ हजार ४५० किलोग्राम भित्रिएको थियो । अर्थात् ५ वर्षमा किवी आयात ६३७.४९ गुणा बढेको हो ।  आव ०७४/७५ मा सानो परिणाममा आयात भएको किवी आव ०७५/७६ मा ह्वात्तै बढेको थियो । साे आवमा ८६ हजार ६४६ किलोग्राम आयात भएको किवीको परिणाम अर्काे वर्ष साढे २३ हजार किलो घटेको थियो । आव ०७६/७७ मा नेपालमा ६३ हजार १२३ किलो किवी आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यसपछिका वर्षमा भने किवी आयात परिणाम ह्वात्तै बढेको देखिन्छ । अर्थात् विदेशी किवीमा नेपाली उपभोक्ता राेजाइ बढिरहेको छ ।   पछिल्ला ४ वर्षयताको तथ्यांकले यो कुरा पुष्टि गर्छ । नेपालमा आर्थिक वर्ष (आव) ०७६/७७ मा ६३ हजार १२३ किलोग्राम किवी भित्रिएकोमा आव ०७७/७८ मा १ लाख ७३ हजार ८१७ किलोग्राम किवी आयात भएको थियो । आव ०७८/७९ मा किवी आयातको परिणाम पनि दोब्बरभन्दा बढीले बढेको थियो । भन्सार विभागका अनुसार सो आर्थिक वर्षमा ३ लाख ३६ हजार ४५० किलोग्राम किवी आयात भएको थियो । चालू आवमा पनि किवी आयात बढ्ने देखिन्छ । चालू आवको पहिलो ६ महीनामा २ लाख ७४ हजार ६६१ किलोग्राम किवी आयात भइसकेको छ । यो आधारमा आयात हुने हो भने चालू आवमा साढे ५ लाख किलोग्राम किवी आयात हुने देखिन्छ ।  चालू आवको पहिलो ६ महीनामा आयात भएको किवी परिणाम गत आवको सोही अवधिभन्दा दोब्बर हो । गत आवको साउन–पुसमा ९७ हजार ८२१ किलोग्राम किवी भित्रिएको थियो । किवी आयात परिणामसँगै त्यसबाट बाहिरिने रकम पनि बर्षेनि बढ्दो छ । आर्थिक वर्ष (आव) ०७६/७७ मा २ करोड ८२ लाख ५५ हजार रुपैयाँको किवी आयात भएकोमा आव ०७७/७८ मा त्यो रकम ५ करोड ३८ लाख ७२ हजार पुगेको थियो । यस्तै, आव ०७८/७९ मा किवी आयातबाट ६ करोड २६ लाख ७० हजार रुपैयाँ बाहिरिएको थियो । चालू आवको पहिलो ६ महीनामा यसरी बाहिरिने रकम ५ करोड १५ लाख २९ हजार पुगिसकेको छ । सोही आधारमा आयात भए चालू आवमा १० करोडभन्दा बढी रुपैयाँको किवी आयात हुन सक्छ ।  चालू आवको पहिलो ६ महीनामा किवी आयातबाट बाहिरिने रकम पनि झण्डै दोब्बर छ । भन्सार विभागका अनुसार गत आवको साउन–पुसमा २ करोड ६८ लाख रुपैयाँको किवी आयात गरिएकोमा चालू आवमा आयात रकम बढेर ५ करोड १५ लाख २९ हजार रुपैयाँ पुगेको छ । यो गत आवको तुलनामा ९१ प्रतिशत बढी हो । कुन वर्ष कति आयात ? (टेबलमा) आर्थिक वर्ष  परिणाम रकम (हजारमा) २०७४-२०७५ ४५९२ १३६९ २०७५-२०७६  ८६६४६ ३७५४१ २०७६-२०७७ ६३१२३ २८२५५ २०७७-२०७८ १७३८१७ ५३८७२ २०७८-२०७९ ३३६४५० ६२३७० २०७९-२०८० (साउन-पुस)  २७४६६१ ५१५२९  स्रोत : भन्सार विभाग भन्सार विभागको तथ्यांक अनुसार नेपालमा चीन र भारतसँगै चिली, ग्रिस, इरान, टर्की, युएईलगायतका देशबाट किवी आयात हुने गरेको छ ।  ‘कोभिड महामारीपछि बढ्यो माग’ कोभिड १९ महामारीपछि किवीको खपत अत्यधिक बढेको कालीमाटीस्थित खुद्रा व्यापारी कमल बस्नेत बताउँछन् । उनले अहिले दैनिक १० केजीदेखि १५ केजीसम्म किवी विक्री गर्ने गरेका छन् ।  किवीका फाइदाबारे जानकारी पाएपछि अहिले यसको माग बढेको उनको भनाइ छ । ‘पहिले यसका फाइदाबारे धेरैलाई थाहा थिएन । र, कसैले चासो दिँदैनथे । अहिले भने ग्राहकहरू किवी खोज्दै आउँछन्,’ उनले भने ।  माग बढेसँगै नेपालका विभिन्न जिल्लामा किवीको व्यावसायिक खेती थालिएको छ । नेपालमा विशेषगरी रामेछाप, दोलखा, मकवानपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा किवी खेती हुने गरेकाे छ ।    विभिन्न जिल्लामा किवी खेती भए पनि सिजनमा किवी आयात गर्नुपर्ने व्यापारीहरू बताउँछन् । नेपालमा उत्पादित किवी ग्राहकले नरुचाउने गरेकाले विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।  विदेशी किवी किन रुचाउँछन् नेपाली उपभोक्ता ? नेपाली किवी गुणस्तरीय नभएकाले ग्राहकले नरुचाएको व्यापारी बताउँछन् । कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँ नेपाली किवीको आकार सानो भएकाले ग्राहकले नरुचाउने गरेको बताउँछन् । ‘नेपालमा उत्पादित किवी मिठो त हुन्छ । तर, आकार सानो भएकाले ग्राहकले किन्न चाहँदैनन्,’ उनले भने ।  कुलेश्वरमा खपत हुने किवीको एक चौथाइ हिस्सा मात्रै स्वदेशी उत्पादन रहेको बानियाँले बताए । कुलेश्वरमा खपत हुने तीन चौथाइ हिस्सा भने आयातबाट धानिने गरेको छ ।अहिले चीनबाट आयात गरिएको किवी विक्री भइरहेको उनले सुनाए । अहिले किवी प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्म विक्री भइरहेको उनले बताए । 

सम्बन्धित सामग्री

किवी फल : स्वास्थ्यमा के-के फाइदा गर्छ ?

त्यसै त किवी फल भन्नसाथ मुख रसाउँछ । नेपाली जिब्रोले यो फलको स्वाद चाखेको भने धेरै समय बितेको छैन । लगभग डेढ दशक यता मात्र मध्य पहाडका घर आँगनमा किवी फल फल्न थालेको हो । स्वादिलो, रसिलो एवं पोषिलो यो फल अहिले सबैतिर पाइन्छन् । किवीको वैज्ञानिक नाम एक्टिनिडिया डेलिसिओसा हो । यसको उद्गम उत्तरी […]

ओखलढुंगाका किसान किवी खेतीप्रति आकर्षित

ओखलढुंगा । ओखलढुंगाका किसान पछिल्लो समय किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । फलफूल बालीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन्। जिल्लामा निर्वाहमुखी खाद्यबाली त्यागेर व्यवसायिक रुपमै किवी खेती गर्ने किसानको संख्या बढ्न थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा किवी खेती ८० रोपनी क्षेत्रमा विस्तार भइसकेको छ […]

किवी खेतीमा रमाउँदै भार्षेका कृषकहरु

गुल्मी – गुल्मीको भार्षेका कृषकहरु यतिबेला किवी खेतीमा आकर्षित हुँदै  जान थालेका छन । किवी खेतीवाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरुको आकर्षण बढेको हो । जिल्लाको सत्यवती गाउँपालिका ८ भार्षेका कृषकहरु सामूहिक फर्म र व्यक्तिगत लगानीमा किवी खेती गर्दै आइरहेका छन । विगत दस वर्षदेखि किवी खेतीको सुरुवात गरेका त्यहाँका कृषकहरुले यतिबेला किवीको व्यवसायिक उत्पादनमा जोड दिन थालेका छन । त्यस क्षेत्रका कृषकहरुले उत्पादन गरेको किवी बिक्री गरेर वार्षिक ४० लाख भन्दा बढी आम्दानीको जोहो गर्न थालेका छन ।  गुल्मी ज...

आलु र मकैको विकल्पमा किवी खेती

भोजपुर – भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आर्कषित भएका हुन्। बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन्। किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको भनाइ छ। […]

आलु, मकैको विकल्पमा किवी

भोजपुर – भोजपुरका किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै व्यावसायिक किवी खेतीमा लागेको किसान बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने उनीहरूको भनाइ छ ।    एक पटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवी खेतीमा लागेका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँप...

आलु, मकैको विकल्पमा किवी

भोजपुर: भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। आलु तथा मकै खेती भन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन्।बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन्। किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको भनाइ छ।   एकपटक रोपेपछि वर्षौंसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवी खेतीमा लागेका छन्। भोजपुर नगरपालिका, टेम्केम

आलु, मकैको विकल्पमा किवी

भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको भनाइ छ । एकपटक रोपेपछि वर्षौंसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका–४

कसरी गर्ने व्यवसायीक किवी फल खेती ?

काठमाडौं। किवी फल व्यवसाय यस्तो व्यवसाय हो जसले, लगातार ४०÷५० वर्षसम्म ढुक्कले आम्दानी दिईरहन्छ । यसको बजार हरेक वर्ष करिब २६ प्रतिशतको दरले बढिरहेको छ । नेपालमा अहिले इलाम, दोलखा, सोलुखुम्बु, सिन्धुपाल्चोक, पाँचथर, रामेछाप, नुवाकोट जिल्लामा किवी खेती भईरहेको छ । समुद्र सतहवाट ८ सय देखि २९ सय मिटरसम्मको उचाईमा किवी खेती भईरहेको छ।

बागलुङको भकुण्डेमा फस्टाउँदै किवी खेती

गलकोट- बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किवीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किवी लगाएका छन्। पाँच बोटमै वार्षिक पाँच सय किलो किवी फल्ने गरेको उनी बताउँछन् । मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किवी फलाउन सकिने थापाको अनुभव छ । “पहिला किवी […]

किवी खेतीमा रमाउँदै उपमेयर दम्पती

धनकुटा : तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका देवीप्रसाद पोखरेलले किवी खेती सुरू गरेको सात वर्ष भएको छ। उनले टेलिभिजनमा किवी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा किवी खेती सुरु गरेका थिए।सुरुका दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भन्दा पनि देवीप्रसादलाई कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो। इलामबाट २०० वटा विरुवा ल्याएर मकै‚ कोदो खेती गरिरहेको जमिनमा उनले किवी खेती सुरु गरेका थिए। नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता केही नभएकाले लगानी खेर जान्छ कि राम्रो आम्दान