वर्षा नहुँदा बाँकेमा ५५ प्रतिशत खेत बाँझै

साउन महिनाको पहिलो सातासम्ममा पनि बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् ।

सम्बन्धित सामग्री

भूमिगत सिँचाइ बिग्रँदा रोपाइँ गर्न समस्या

सुदूरपश्चिम प्रदेशमा पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै रहेका छन् । असार १५ गतेसम्म ८० प्रतिशत रोपाइँ हुने डडेलधुरामा यस वर्ष भने करिब ३५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख खेमराज पनेरूले खाद्य उत्पादनको भण्डार मानिने भित्रि मधेश जोगबुडाको कटाल गाउँमा निर्माण गरिएको भूमिगत सिँचाइ योजना बिग्रँदा किसानले रोपाइँ गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्याप्त वर्षा भएकै छैन । पाँच वर्षअघि निर्माण गरिएको भूमिगत सिँचाइ योजना बिग्रँदा किसानले रोपाइँ गर्न पाएका छैनन् ।” भूमिगत सिँचाइको पानी तान्न जमिनभित्र गाडिएको पाइपमा लगाइएको मोटर बिग्रँदा योजना अलपत्र परेको स्थानीयको गुनासो छ ।

नरैनापुरमा सिँचाइका लागि डिप बोरिङ जडान सुरु

बाँकेको सुख्खाग्रस्त क्षेत्र घोषित गरिएको नरैनापुर गाउँपालिकामा वैकल्पिक सिँचाइका लागि डिप बोरिङ गाड्न (जडान) सुरु गरिएको छ । आकाशे पानीको भरमा रोपाइँ गर्ने नरैनापुर क्षेत्रमा योे वर्ष समयमै वर्षा नहुँदा १० प्रतिशत मात्र रोपाइँ भएर सबै खेत बाँझै रहेपछि नरैनापुर गाउँपालिकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारसँग राहत मागेको थियो ।

पानी नपर्दा बाँकेमा ६० प्रतिशत खेत बाँझै

बाँकेमा लामो समयसम्म खडेरी परेपछि हालसम्म ६० प्रतिशत खेत बाँझै छन् । साउन महिना सुरु भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकांश स्थानमा सिँचाई अभावमा रोपाइँ हुन नसकेको हो ।कृषि ज्ञान केन्द्र बाँकेका अनुसार पर्याप्त पानी चाहिने बेलामै वर्षात नभएपछि हालसम्म जिल्लामा ४० प्रतिशत मात्र रोपाइँ भएको छ । “पानी […]

बाँकेमा ५० प्रतिशत रोपाइँ, वर्षा नहुँदा खेत बाँझै

साउन महिना सुरु हुन लागिसक्दा समेत बाँकेमा प्रयाप्त वर्षा नहुँदा हालसम्म ५० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र नेपालगञ्जका अनुसार असार–साउन महिना सुरु हुन लागेको बेलासम्म पनि पश्चिम नेपालमै सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्ये बाँकेमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत मात्र रोपाइँ सकिएको हो ।

महोत्तरीमा पन्ध्र प्रतिशत रोपाइँ

असार महिना सकिन लाग्दा महोत्तरीमा १५ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लामा धान खेतको क्षेत्रफल ४५ हजार हेक्टर छ । पर्याप्त वर्षा नहुँदा अहिलेसम्म छ हजार ७५० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । वर्षा अभावमा अधिकांश धान खेत चरिचरन बनेको छ भने रोपाइँ भएका खेतका रोपो पनि सुक्दै गएकाले किसान चिन्तामा छन् । गौशाला नपा–१० का कृषक दिनेश महतोले एक बिघाका लागि लगाएको धानका बेर्ना बुढो हुने अवस्थामा छ । वर्षा नहुँदा अहिलेसम्म खेत भने बाँझै रहेको उहाँले बताउनुभयो ।

मध्य असारमा खेत बाँझै, ११ प्रतिशत मात्रै रोपाइँ

चितवन : पर्याप्त वर्षा नहुँदा चितवन अधिकांश भागमा रोपाइँँ हुन सकेको छैन। सिँचाइ अभावले जिल्लामा अघिल्लो वर्षभन्दा आधा मात्रै रोपाइँँ भएको हो। जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले यो वर्ष मौसम सक्रिय नहुँदा जिल्लामा ११ प्रतिशत मात्रै रोपाइँ जानकारी दिए। अघिल्लो वर्ष असार १५ सम्म २० प्रतिशत रोपाइ...

दाङमा खेत बाँझै

तुलसीपुर । समयमा पर्याप्त वर्षा नहुँदा दाङमा हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।  जिल्ला कृषि विकास

असार सकिइसक्दा पनि चालीस प्रतिशत खेत अझै बाँझै

भक्तपुर, साउन १। मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि असार सकिए पनि भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ ।