लुम्बिनीमा पनि नयाँ सरकार बनाउने पाँच दलीय गठबन्धनको तयारी

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले नेकपा (एमाले)का शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार पनि ढाल्ने निर्णय गरेको छ। सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सरकारमा रहेका ३ जना सांसदलाई शुक्रबार पदमुक्त गरेसँगै मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार संकटमा परेको हो। सांसद पदबाट हटाइएका तीन जनामध्ये भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पार्टीको कारबाहीको कुनै अर्थ नरहेको बताएका छन्। ‘परमादेशको प्रधानमन्त्रीलाई पार्टी, देशले

सम्बन्धित सामग्री

न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन–दलीय गठबन्धन सरकार बनाउने

शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताएका छन्। लक्सनको नेसनल पार्टीले गत महिना भएको निर्वाचनमा कूल एक सय २३ सिटमा ४८ सिट हासिल गरेपछि उनलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ।एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले उदारवादी एसिटी र लोकप्रिय न्युजिल्यान्ड फर्स्ट पार्टीसँग सरकार गठनका लागि शनिबार र आइतबार वार्ता हुने जानकारी दिए।“अन्तिम स्पष्टता हुनु

पाँच दलीय गठबन्धन ब्युँतिनसक्ने ओलीकाे संकेत

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पाँच दलीय गठबन्धन दोहोरिन सक्ने संकेत गरेका छन्। मंगलबार पार्टी निकट अनेरास्ववियुको २३औँ महाविधेशनको उद्घाटन गर्दै ओलीले अहिलको एमाले माओवादी केन्द्रको गठबन्धन भत्किएर फेरि पाँच दलीय गठबन्धन बन्न सक्ने संकेत गरेका हुन्। ओलीले पाँच दलीय गठबन्धन फुटाएर नयाँ सरकार बनाउन सक्नु एमालेका लागि खुशीको कुरा भए पनि […]

पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

११ मंसिर, भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’ रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका खाणले प्रधानमन्त्री को बन्ने भन्ने पाँच […]

वर्तमान सरकार असफल भइसक्यो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । प्रेस चौतारी कैलालीले आइतबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।पाँच दलीय गठबन्धन नेपालीको हितमा नरहेको जिकिर गर्दै उनले जनहितमा कति कति उपयोगी छ भन्ने उसको कामबाट देखाइसकेको उनको भनाइ छ । वर्तमान सरकारकै आलोचनामै समय खर्चेका उनले आफूहरुको सरकार हुँदा नाफा भएको तर वर्तमान सरकारले एकवर्ष बिताइरहँदा पौने तीन खर्ब घाटामा गइसकेको टिप्पणी गरे । यही सरकार रहिरहने

पाँचदलीय गठबन्धन सरकार अबिलम्व हट्नुपर्छ: ओली

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान ५ दलीय गठबन्धन सरकार अविलम्व हट्नुपर्ने बताएका छन्। शुक्रवार छवि कार्कीको १२ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाए। अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा […]

वर्तमान सरकार आफ्नै कारणले ढल्ने महेश बस्नेतको दाबी

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गरेका छन् । बस्नेतले अहिले आफूहरू सरकार परिवर्तन गर्ने र पाँच दलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पारे । मङ्गलवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको एक वर्ष पुग्न लागेको उल्लेख गर्दै यो एक वर्षमा […]

पाँच दलीय गठबन्धन र एमसीसी सम्झौताको विकल्प

प्रतिगमनविरुद्ध ५ दलीय गठबन्धन निर्माण भएर साझा न्यूनतम कार्यक्रमका आधारमा सरकार सञ्चालन गर्ने सहमति भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्दै आएको स्थिति छ । पाँच दलीय गठबन्धनले साझा न्यूनतम कार्यक्रमका आधारमा सरकार सञ्चालन गर्ने सहमति छ । तर, नेपाली कांग्रेसले पाँच दलको साझा कार्यक्रम र सहमतिविपरीत एमसीसी सम्झौतालाई चालू संसद्को अधिवेशनबाट अनुमोदन […] The post पाँच दलीय गठबन्धन र एमसीसी सम्झौताको विकल्प appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन सरकार समन्वय समितिको बैठक जारी

पाँच दलीय गठबन्धन सरकार सञ्चालनका लागि सहयोग गर्न गठन गरिएको समन्वय समितिको बैठक बालुवाटारमा जारी छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बसेको हो । बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुनुहुन्छ । बैठकमा राष्ट्रिय साभ निर्वाचन, सरकार सञ्चालनलगायत विषयमा छलफल भइरहेको बताइएको छ । आगामी माघ १२ गते १९ पदका लागि …

ओलीको आरोप- पाँच दलीय गठबन्धन प्रतिगामी

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाएका छन् ।  शुक्रवार देशभर एमालेको वडा अधिवेशन उद्घाटनपछिको सम्बोधनमा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताएका हुन् ।  ओलीले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।  उद्घाटनपछि सम्बोधनको क्रममा ओलीले भने, ‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता  निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्न...

अविश्वासको प्रस्ताव दर्ता गरेपछि ३ दलीय गठबन्धन घोषणा

लुम्बिनी प्रदेश सरकारविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि ३ दलीय गठबन्धन घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले सरकारविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव दर्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गर्दै ३ दलीय गठबन्धनले प्रदेशलाई नयाँ ढंगबाट अगाडि बढाउनका लागि नयाँ सरकार बनाउन लागिएको साझा धारणा राखे । प्रस्तावित मुख्यमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले एमालेसँगको पार्टी एकतादेखि सत्ता...