वर्तमान सरकार असफल भइसक्यो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । प्रेस चौतारी कैलालीले आइतबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।पाँच दलीय गठबन्धन नेपालीको हितमा नरहेको जिकिर गर्दै उनले जनहितमा कति कति उपयोगी छ भन्ने उसको कामबाट देखाइसकेको उनको भनाइ छ । वर्तमान सरकारकै आलोचनामै समय खर्चेका उनले आफूहरुको सरकार हुँदा नाफा भएको तर वर्तमान सरकारले एकवर्ष बिताइरहँदा पौने तीन खर्ब घाटामा गइसकेको टिप्पणी गरे । यही सरकार रहिरहने