मध्य चीनमा भएको आगलागीमा परी ३९ को मृत्यु

बेइजिङ (चीन) । मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा बुधवार कम्तीमा ३९ जनाको मृत्यु र नौ जना घाइतेको उपचार भइरहेको सरकारी सञ्चारमाध्यमले बताएको छ ।  मुलुकको सरकारी प्रसारक सीसीटीभीले भनेको छ, ‘जनवरी २४ मा स्थानीय समयअनुसार दिउँसो ३ः२४ बजे शिन्यु, जियाङ्सीमा एउटा स्टोरमा जमिनको तल्लो तहमा आगो लागेको थियो, अहिलेसम्म दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन् । अन्य मानिस अझै पनि आगलागीमा फसेका छन् ।’ रिपोर्टमा आगो लाग्नुको सटीक कारण वा कति मानिस अझै खतरामा छन् भन्नेबारे बताइएको छैन । आगलागी भएपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले एक विज्ञप्तिमा मुलुकमा घातक दुर्घटनामा ‘दृढ नियन्त्रण’ को आह्वान गरे ।   सीसीटीभी रिपोर्टका अनुसार सिले निर्देशन जारी गर्दै भने, ‘मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बारको दुर्घटनालाई रोकथाम गर्न आवश्यक छ ।’ घटनास्थलको सीसीटीभीले जारी गरेको भिडियो फुटेजमा धेरै अग्निशमन वाहन र अन्य आपत्कालीन सवारी सडकमा देखाइएको छ । राज्य समर्थित आउटलेट ग्लोबल टाइम्सले सहरमा एक ‘आपत्कालीन कमान्ड’ को विज्ञप्तिलाई पोस्ट गरेको छ । उक्त कमान्ड आगलागी भएपछि स्थानीय अधिकारीले स्थापना गरेका हुन् ।  विज्ञप्तिमा भनिएको छ, ‘अहिले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ र दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ ।’ रासस/एएफपी

सम्बन्धित सामग्री

अर्जेन्टिना र अष्ट्रेलियाबीचको मैत्रिपूर्ण फुटबल चीनमा हुने

८ जेठ, काठमाडौं । विश्व विजेता अर्जेन्टिनाले एसियाली राष्ट्र अष्ट्रेलियासँग चीनमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । जुन १५ मा बेइजिङ हुने उक्त खेलमा लिओनल मेसीले अर्जेन्टिनाको कप्तानी गर्नेछन् । मेसीले ६ वर्षपछि चीनमा खेल्न लागेका हुन् । चीनमा रहेको अर्जेन्टिना दूतावासले विश्वकप विजेता टिमका कप्तान मेसी २०१७ पछि चीनमा खेल्न आउन लागेको रोएटर्सले उल्लेख […]

भारत र चीनमा फेरि बढ्यो कोरोना संक्रमण

चीनका २६ सहरमा लकडाउन भारत र चीनमा कोभिड संक्रमण बढ्न थालेको छ । चीनमा गत मार्च दोस्रो सातादेखि नै निरन्तर संक्रमण बढिरहे पनि भारतमा केही दिनयता संक्रमण तीव्र बढेको छ । भारतमा दैनिक...

चीनमा एकैदिन दुई वर्षपछिकै धेरै कोरोना संक्रमित थपिए

सन् २०२० को फेब्रुअरीपछि पहिलो पटक चीनमा एकैदिन यति धेरै संक्रमित थपिएका हुन्। चीनमा पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण कोरोनाको संक्रमण तीव्र भइरहेको छ।

चीनमा चार महिनापछि सबैभन्दा धेरै सङ्क्रमित

बेइजिङ, १० पुस: चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ । विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । कोरोनाभाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशभन्दामा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोनाभाइरसको पुष्टि चीनमा […]

अमेरिकाले भन्यो : चीनमा वित्तीय संकट

अमेरिकाले चीनमा सम्पत्ति संकट जारी रहेको दाबी गरेको छ । यसले चीनमा आर्थिक क्षति मात्र नभएर विश्वव्यापी वित्त बजारमा पनि नकारात्मक प्रभाव पार्ने अमेरिकी विश्लेषण आएको छ । अमेरिकाले जारी...

चीनमा कोरोना छैन, तर पनि कडा प्रतिबन्ध

एजेन्सी। संसार कोरोनाको दोस्रो लहरले आक्रान्त हुँदा चीन भने सहज ढंगमा अघि बढिरहेको छ। कोरोनाको उत्पत्ति भएको चीनमा कोरोना संक्रमण छैन, तर पनि नागरिकमाथिका प्रतिबन्ध यथावत् छन्।चीनमा अहिले सयमा ७८.२४ प्रतिशत प्रतिबन्ध कायमै रहेको अक्सफोर्ड विश्व विद्यालयको भनाइ छ। उता, भारतमा भने यस्तो कडाइ ७४ प्रतिशतमात्रै छ। चीनमा कोरोना संक्रमणमा २०२० को मार्चदेखि नै सुधार आएको थियो।

चीनमा कोरोना छैन, तर पनि कडा प्रतिबन्ध

एजेन्सी। संसार कोरोनाको दोस्रो लहरले आक्रान्त हुँदा चीन भने सहज ढंगमा अघि बढिरहेको छ। कोरोनाको उत्पत्ति भएको चीनमा कोरोना संक्रमण छैन, तर पनि नागरिकमाथिका प्रतिबन्ध यथावत् छन्।चीनमा अहिले सयमा ७८.२४ प्रतिशत प्रतिबन्ध कायमै रहेको अक्सफोर्ड विश्व विद्यालयको भनाइ छ। उता, भारतमा भने यस्तो कडाइ ७४ प्रतिशतमात्रै छ। चीनमा कोरोना संक्रमणमा २०२० को मार्चदेखि नै सुधार आएको थियो।

चीनमा आइतवार भेटिएनन् कोरोना संक्रमित

चीनमा हिजो आइतबार स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना भाइरसका संक्रमितहरु नभेटिएको स्वास्थ्य अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् । उनीहरुले आइतबार चीनमा देशभित्रै संक्रमण सरेका व्यक्ति नभेटिएको बताएका हुन् । चीनको नेसनल हेल्थ कमिनसनले आइतबार चीनमा १५ जनामा कोभिड १९ को संक्रमण त भेटिएको छ तर पनि उनीहरु चीनभित्र नै संक्रमित भएका भने नपाइएको बताएको हो । ती १५ जना संक्रमित चीन बाहिरबाट आएको बताइएको पनि सो समाचारमा जनाइएको थियो ।  बेइजिङमा आइतबार १५जना नयाँ संक्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटि...