अमेरिकाले भन्यो : चीनमा वित्तीय संकट

अमेरिकाले चीनमा सम्पत्ति संकट जारी रहेको दाबी गरेको छ । यसले चीनमा आर्थिक क्षति मात्र नभएर विश्वव्यापी वित्त बजारमा पनि नकारात्मक प्रभाव पार्ने अमेरिकी विश्लेषण आएको छ । अमेरिकाले जारी...

सम्बन्धित सामग्री

विश्व अर्थतन्त्रप्रति आईएमएफ थप आशावादी, बढायो आर्थिक वृद्धिको प्रक्षेपण

काठमाडौं । विश्व अर्थतन्त्रबारे बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) आशावादी देखिएको छ । केन्द्रीय बैंकहरूले धमाधम ब्याजदर बढाइरहेकोले महँगी केही भएपनि नियन्त्रणमा आउने आशा र चीनको कोभिडविरुद्धको कठोर नीति अन्त्य भएको तर्फ औंल्याउँदै कोषले विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपणमा थोरै वृद्धि गरेको छ । युक्रेनी युद्ध जारी रहेको र अर्थतन्त्र मन्दीमा जाने नजिक रहेको भन्दै अर्को बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले यो महीनाको शुरूमा वृद्धि प्रक्षेपण घटाएको थियो ।  तर, कोषको धारणा विल्कुल फरक छ । कोषका अनुसार यो वर्ष विश्व अर्थतन्त्र २ दशमलव ९ प्रतिशतले बढ्नेछ । यस अघि अक्टोबरमा गरिएको अनुमानमा यो दर २ दशमलव ७ प्रतिशत रहने बताइएको थियो । गएको वर्षको अनुमानित वृद्धिदरको तुलनामा चाँहि यो कम हो । २०२२ मा विश्व अर्थतन्त्र ३ दशमलव ४ प्रतिशतले बढेको अनुमान गरिएको छ ।  अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ र अन्य केन्द्रीय बैंकहरूले धमाधम ब्याजदर बढाइरहेकोले महँगी अलि सुस्ताउने कोषको अनुमान छ । ब्याजदर वृद्धिले उपभोक्ता माग सुस्ताउने अनि वस्तुको भाउ पनि घट्ने अनुमान गरिएको छ । गएको वर्ष ८ दशमलव ८ प्रतिशत रहेको विश्वको मुद्रास्फीति यो वर्ष ६ दशलमव ६ प्रतिशतमा आउने कोषले बताएको छ । सन् २०२४ मा यो थप घटेर ४ दशमलव ३ प्रतिशतमा आउनेछ । चीनले गएको वर्षको अन्त्यतिर एक्कासी कोभिड विरुद्धको शून्य सहनशिलताको नीति खारेज गर्नु नै विश्वको आर्थिक वृद्धिदर बढ्ने मुख्य कारक हुने कोषको भनाई छ । चीनले हालै अर्थतन्त्र खुलाएकोले अपेक्षाकृत उच्च वृद्धिको बाटो खुलेको कोषको भनाई छ । यो वर्ष चीनको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसअघिको प्रक्षेपणमा यो दर ४ दशमलव ४ प्रतिशत रहने बताइएको थियो । २०२२ मा चिनियााँ अर्थतन्त्र ३ प्रतिशतले मात्रै बढेको थियो । जुन ४ दशकयताकै सुस्त थियो । यो वर्ष अमेरिकाको अर्थतन्त्र थप उज्जवल रहेको कोषको भनाइ छ । यूरो अर्थतन्त्रको अवस्था पनि सुधारिने बताइएको छ । युक्रेनी युद्धका कारण इन्धनको अभाव र महँगी बढेकोले यूरो अर्थतन्त्र मारमा परेका थिए । यी दुबै अर्थतन्त्र युक्रेनी युद्धको अपसरबाट अपेक्षाकृत चाँडै नै उब्रिएको बताइएको छ । हिउँमा यस अघि अनुमान गरिएको भन्दा चिसो कम भएपछि प्राकृतिक ग्यासको माग घटाएको छ । रुसी अर्थतन्त्र जब्बर देखिएको छ । पश्चिमी देशहरूले लगाएको प्रतिबन्धको असर अर्थतन्त्रमा अपेक्षा गरिएजस्तो परेको छैन । २०२२ मा २ दशमलव २ प्रतिशतले खुम्चिएको अर्थतन्त्र यो वर्ष शून्य दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अक्टोबरमा गरिएको प्रक्षेपणमा यो दर २ दशमलव ३ प्रतिशत हुने बताइएको थियो ।  यस अघिको प्रक्षेपणको तुलनामा बेलायती अर्थतन्त्र पनि अपवादमा परेको छ । अक्टोबरमा शून्य दशमलव ६ प्रतिशत भनिएको संकुचन अहिले सुध्रिएर शून्य दशमलव ३ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको छ । भारतीय अर्थतन्त्रप्रति भने कोष बुलिश रहेको छ । यो वर्ष भारतीय अर्थतन्त्र ६ दशमलव १  प्रतिशतले बढ्ने कोषको अनुमान छ । यो २०२२ को भन्दा चाँहि कम हो । गएको वर्ष भारतीय अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले बढेको थियो । २०२४ मा भने बाह्य अवरोधहरू कायमै रहेको भएपनि घरेलु मागमा आएको सुधारका कारण आर्थिक वृद्धिदर पुनः ६ दशमलव ८ प्रतिशतमै फर्किने बताइएको छ ।  युक्रेनी युद्धको असर, चीनमा बल्झिएको कोभिडको संक्रमण र विश्वभर बढेको ब्याजदर आदिका कारा कर्जामा चुर्लुम्म डुबेका देशहरूमा वित्तीय संकट आउन सक्ने भन्दै यो वर्ष विश्व अर्थतन्त्रले सामाना गर्न सक्ने गम्भीर जोखिमहरूबारे पनि कोषले औंल्याएको छ । २०२० को शुरुमा कोभिड विश्वव्यापी बनेसँगै विश्वको आर्थिक परिदृश्य धूमिल बनिरहेको छ । कोभिडबाट व्यवसाय र घरपरिवारलाई राहत दिने सरकारहरूले ल्याएको आर्थिक प्रोत्साहनको प्याकेजका कारण माग बढेर, महँगी पनि बढ्यो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभर खाद्यान्न र ऊर्जा थप महँगो बन्यो । तीन हप्ता अघि आईएमएफको भगिनी संस्था विश्व बैंकले यो वर्षको विश्वव्यापी वृद्धि प्रक्षेपण झन्डै आधा घटाएर १ दशमलव ७ प्रतिशतमा झारेको थियो । अर्थतन्त्र पनि मन्दीमा जाने अति नै नजिक रहेको बताएको थियो । एजेन्सीहरूको सहयोगमा