पोखराको मणिपाल शिक्षण अस्पताल ३ अर्ब ५० करोड रुपैयाँमा बिक्री हुने भएको छ ।
पोखराका प्रतिष्ठित व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संयुक्त रूपमा अस्पताल खरिदका लागि प्रारम्भिक सम्झौता गरेका हुन् ।
बतासको बतास अर्गनाइजेसन र पौडेलको अटोवेज ग्रूपले संस्थागत रूपमा खरिदका प्रारम्भिक सम्झौता गरिसकेको र शुक्रवार हुने खरिद बिक्री सम्झौताको ड्राफ्ट समेत तयार पारिसकेको छ ।
साढे ३ अर्ब रुपैयाँमध्ये बतासको ६० र अटोवेजको ४० प्रतिशत लगानी हुनेछ । अस्पतालको स्वामित्व लिइसकेपछि बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सम्झौ...