मन्त्रीहरुसँग सिसडोलबासीको आक्रोशः मन्त्रीज्यू आश देखाएरै निराश नबनाउनूस्

सबै मन्त्रीहरु निरीक्षणका लागि आउने तर दिएका आश्वासन पूरा नगर्ने भन्दै आश देखाउन बन्द गर्न स्थानीयबासीहरुले आग्रह गरे। स्थानीयहरुले सडक निर्माण नभएकै कारण विद्यार्थीहरुले पढ्न नपाएको र जागिर खानेहरुले पनि दिनको ५ सय तिरेर ट्याक्सीमा आवतजावत गर्नुपरेको दुः...

सम्बन्धित सामग्री

तेल उत्पादकका सकस : उद्योग नेपालमा, आश भारतीय नीतिको

वीरगञ्ज । नेपाल सरकारले ल्याउने वार्षिक बजेटमा उद्योगी व्यापारीको स्वाभाविक चासो हुने गर्छ । तर, अहिले सीमा क्षेत्रमा खुलेका खानेतेल उद्योगका सञ्चालकको चासो भने भारतीय बजेटमा पनि उत्तिकै हुने गरेको छ । वीरगञ्जस्थित ओसीबी फुडका सञ्चालक सुरेश रुंगटा भारतले वर्ष २०२३/२४ को बजेटमा नीतिगत परिवर्तनको आश गरेका थिए । तर, भारतले तेल आयातमा पुरानै नीतिलाई निरन्तरता दिएपछि उनी निराश भए । वीरगञ्जकै नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचान पनि भारतले तेल आयातमा सीमा शुल्क बढाउने अपेक्षा पालेर बसेका थिए । रुंगटा र चाचानमात्र होइनन्, भारत निकासीलाई लक्षित गरी खुलेका ३० ओटा खानेतेल उद्योग सञ्चालकहरु तेल आयातमा भारतले लिने नीतिको पर्खाइमा थिए । भारतीय बजेटले तेल आयातमा शून्य भन्सार नीतिलाई निरन्तरता दिएपछि स्वदेशी उद्योगी पुनः निराश बनेका हुन् । कोरोना महामारी र रुस युक्रेन युद्धका कारण खाद्यान्न अभाव र मूल्यवृद्धि हुन नदिन तेल आयातमा शून्य भन्सार नीति लिएपछि नेपालबाट भारतमा हुँदै आएको तेल निर्यात स्वात्तै घटेको छ ।   भारतले विगतमा आफ्ना उत्पादकलाई संरक्षणका लागि तेल आयातमा ४० प्रतिशतसम्म सीमा शुल्क लिँदा नेपालका उद्योगीले प्रशोधित तेल निकासी गरेका थिए । गत वर्षसम्म नेपालबाट निकासी हुने मुख्य वस्तुको सूचीमा तेल नै अगाडि थियो । सम्भावित खाद्यान्न संकट र मूल्यवृद्धिलाई ध्यानमा राखेर भारत रणनीतिक उपायमा उत्रिएपछि नेपालबाट हुने निकासी प्रभावित भएको हो । तेलको बजार मूल्य तल झार्न तेल आयातमा लगाइएको शुल्क हटाएको छ । त्यहाँको चालू आर्थिक वर्ष (आव) २०२२/२३ र आगामी वर्ष २०२३/२४ का लागि २०/२० लाख मेट्रिक टन भटमास र सूर्यमुखीको अर्धप्रशोधित तेलमा आयात र कृषि पूर्वाधार विकास कर पूर्ण रुपमा हटाइएको छ । यस आधारमा ८० हजार टन तेल शुल्क नतिरी भित्रिने छ । त्योभन्दा बढी परिमाणमा २ दशमलव ५ प्रतिशतभन्दा बढी सीमा शुल्क लाग्दैन । ‘भारतले अन्य देशबाट आयात हुने तेलमा उच्च दरको सीमा शुल्क लगाउँदा भन्सार दर अन्तरका कारण नेपालबाट निकासी सम्भव भएको थियो । भारतले शून्य शुल्क नीति लिएपछि निकासी ठप्पजस्तै भएको छ,’ उद्योगी रुंगटाले भने । विगतमा नेपालका उद्यमीले तेस्रो मुलुकबाट आयात गरेको अर्धप्रशोधित तेललाई यहाँ प्रशोधन गरी शून्यदेखि ५ प्रतिशतसम्मको शुल्क तिरेर भारत निकासी गर्न सम्भव भएको थियो । यसरी आयात भएको तेल ३० प्रतिशत मूल्य अभिवृद्धि गरेर साफ्टा सहुलियतमा निकासी गर्दै आएका थिए । यो सम्भावनाका कारण तेलमा नयाँ लगानी आएको थियो । कति उद्योगले प्रविधि र क्षमतामा विस्तारमा लगानी विस्तार गरेका थिए । ‘भारतले शून्य भन्सार नीति लिएपछि त्यो सम्भव भएन । नेपाल सरकारले कच्चा पदार्थको आयातमा सहुलियत दिए पनि भारतले आयातमा शून्य भन्सार नीति लिएपछि निकासी गर्न सकिएको छैन,’ उद्योगी चाचानको भनाइ छ । यसले स्वदेशी तेल उद्योगको करीब १५ अर्ब रुपैयाँ लगानी संकटमा परेको उनको दाबी छ ।

प्रचण्डसँग निराश रविलाई अब ओलीकै आश

१७ माघ, काठमाडौं । मंगलबार दिनभर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गुमेको गृहमन्त्री पद फर्काउने प्रयासमा बालुवाटारदेखि बालकोटसम्म पुगे । तर, दुवै ठाउँबाट उनले गृहमन्त्रीको आश्वासन भने पाउन सकेनन् । १३ माघ (शुक्रबार) सर्वोच्चको आदेशपछि सांसद, गृहमन्त्री र सभापति पद गुमाएका लामिछाने नागरिकता लिएसंगै सभापति पद फिर्ता पाए जसरी गृहमन्त्रीको कुर्सीमा फर्किने सोचमा थिए […]

मन्त्रीहरूसँग आक्रोश : आश देखाएर निराश नबनाऊ

काठमाडौँ : सिसडोलका स्थानीय बासिन्दाले सरकारलाई आश्वासन नदेखाउन आग्रह गरेका छन्। आइतवार सिसडोलको निरीक्षण गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग यस्तो आग्रह गरेका हुन्।उनीहरूले मुड्खु–तीनपिप्ले क्षेत्रको सडकमा सार्वजनिक यातायात सञ्चालन गरेर नागरिकलाई सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरे। शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यो सडक निर्माण नहुँदा ८ वर्षदेखि अलपत्र बनेको छ।त्यस क्षेत्रका स्थ

दसैंमा गरिबलाई राहत दिने भनेर सरकारले आश देखायो, तर दिएन

सरकारले यसपटकको दसैंमा पाँच लाख गरिब परिवारलाई राहत दिने घोषणा गरेको थियो । तर, अहिलेसम्म राहत रकम वितरण भएको छैन । सरकारले गरिबलाई राहत दिने आशा देखाएर निराश पारेको छ । सरकारी घोषणापछि राहतको रकमले दसैं मनाउने योजना बनाएका गरिब परिवार राहत नपाएपछि निराश बने ।

सशस्त्र द्वन्द्वपीडित परिवार अझै न्यायको आशामा

विराटनगर : तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व छाडेर शान्ति सम्झौता गरी देशको राजनीतिमा सामेल भएको १५ वर्ष बितेको छ। ०६३ सालमा विस्तृत शान्ति सम्झौतामार्फत माओवादी द्वन्द्व अन्त्य भएको घोषणा भयो।तर, एक दशक चलेको द्वन्द्वमा बेपत्ता पारिएका र हत्या भएका व्यक्तिका परिवारले अझै न्याय पाउन सकेका छैनन्। न्यायको आशामा लामो समयको प्रतीक्षाले पनि कुनै परिणाम नआउँदा पीडित र तिनका परिवार निराश बनेका छन्।झापा बैगुनधुराकी टीका भट्टराईलाई अब पति फर्केर आउने आश मरिसकेको छ। उनलाई आ

वर्षा नराेकिदा महोत्तरीवासी निराश

महोत्तरी । छैटौँ दिन बिहानै झलमल्ल घाम लाग्दा अब उबेर (पानी पर्न रोकिनु, उघ्रनु) हुन्छ भन्ने आश पालेका महोत्तरीवासी निराश भएका छन् । लगातार पाँच दिनको वर्षा थामिएर आइतबार बिहान घाम देख्दा उबेर हुन्छ भन्ने आश पालेका उनीहरु हिजो साँझदेखि पुनः वर्षा हुनथालेपछि निराश भएका हुन् । ‘अब त उबेर भयो, काममा लाग्न पाइने भइयो […]

उत्तरगङ्गा जलाशययुक्त आयोजनाप्रति स्थानीयवासीको भरोसा बढ्दै

नेपालकै नमूना आयोजना रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका कारण पटक–पटक निराश हुँदै आएका ढोरपाटन र निसीखोलाका जनतामा पुनः आश पलाएको छ।

वृद्धवृद्धाले पाएनन् दसैं भत्ता

खाँदबारीका वृद्धवृद्धाको यस सालको दसैं खल्लो हुने भएका छ। कोरोना भाइरस संक्रमण तथा बढ्दो महँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका वृद्धवृद्धा निराश भएका छन्।

ओलीबाट धेरै आश नगरौँ

केही दिन अघि देशका केही सीमित सम्पादकहरुसित अन्तरकृया गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले भन्नुभयो, ‘निराश जनता खतरनाक हुन्छन्, त्यसैले जे लेखे पनि जनतामा निराशा नबढोस् भन्ने कुरा हेक्का राख्नु होला ।’ कसैले यसलाई धम्की बुझे । कसैले यसलाई प्रधानमन्त्रीको स्वाभाविक चिन्ता ठाने । तर, यस पंक्तिकारलाई लाग्छ यो अभिव्यक्त...

ओली सरकार : प्राथमिकता एकातिर, कामको मेलो अर्कातिर

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट धेरै आश गरेका नागरिक हिजोआज निराश हुन थालेका छन् । बलियो र स्थिर सरकारले त्यसअनुसार कार्यशैली देखाउन नसक्दा नागरिकको आश मर्दै गएको हो । प्रधानमन्त्री र मन्त्रीहरुका पछिल्ला कार्यशैलीले विपक्षीलाई मात्र होइन, सरकारकै समर्थन गर्नेहरुलाई पनि आशंका बढाउन थालेको छ । नागरिकले दिनहुँ खेप्द...