सशस्त्र द्वन्द्वपीडित परिवार अझै न्यायको आशामा

विराटनगर : तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व छाडेर शान्ति सम्झौता गरी देशको राजनीतिमा सामेल भएको १५ वर्ष बितेको छ। ०६३ सालमा विस्तृत शान्ति सम्झौतामार्फत माओवादी द्वन्द्व अन्त्य भएको घोषणा भयो।तर, एक दशक चलेको द्वन्द्वमा बेपत्ता पारिएका र हत्या भएका व्यक्तिका परिवारले अझै न्याय पाउन सकेका छैनन्। न्यायको आशामा लामो समयको प्रतीक्षाले पनि कुनै परिणाम नआउँदा पीडित र तिनका परिवार निराश बनेका छन्।झापा बैगुनधुराकी टीका भट्टराईलाई अब पति फर्केर आउने आश मरिसकेको छ। उनलाई आ