खुद ब्याज आम्दानी बढे पनि ग्लोबल आइएमई लघुवित्तको नाफा घट्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ दशमलव ५८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ६ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ४ करोड ७८ लाखमा सीमित भएको हो । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले र खराब कर्जा बढेकाले नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ७ करोड ६ लाख रहेकोमा चालू आवमा बढेर रू. १० करोड ५९ लाख पुगेको छ । त्यस्तै गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ८४ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव २१ प्रतिशत पुगेको छ ।  कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा १० दशमलव ५० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २५ करोड ९१ लाख रहेकोमा चालू आवमा बढेर रू. २८ करोड ६३ लाख पुगेको हो ।  त्यस्तै कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५८ पैसा रहेकोमा चालू आवमा घटेर १५ रुपैयाँ ४६ पैसा मा झरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ८७ लाख ९२ हजार रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ५८ दशमलव २३ गुणा, तरलता अनुपात ३ दशलमव ६५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ०९ पैसा छ ।  चुक्ता पूँजी रू.६१ करोड ८९ लाख रहेको कम्पनीले जगेडामा रू.५० करोड १८ लाख सञ्चिति गरेको छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

ग्लोबल आइएमई लघुवित्तले मनायो ११औं वार्षिकोत्सव

पोखराको विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११औं वार्षिकोत्सव मनाएको छ । ग्रामीण समुदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गरी समग्र देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्देश्यले […]

ग्लोबल आइएमई लघुवित्तले मनायो ११औँ वार्षिकोत्सव

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ११औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न जिल्लामा रहेका शाखामार्फत मानव सेवा आश्रम, अनाथालय, वृद्धाश्रम, सहारा घरलगायतका संस्थाहरूमा खाद्यान्न, कपडा तथा सहयोग सामग्री वितरण गरेको...

ग्लोबल आइएमई लघुवित्त र आदर्श लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमवार दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीले यस वर्षको लाभांश तथा आगामी साधारण सभा प्रयोजनका लागि फागुन १६ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते कायम अन्तिम शेयर मूल्य रू. १ हजार ३ दशमलव ५० को आधारमा १२ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८९५ दशमलव ९८ तोकेको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गतेसम्म कायम अन्तिम शेयर मूल्य रू. १ हजार ६५० को आधारमा २० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार ३७५ तोकेको छ । मंगलवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ । बुक क्लोजको आधारमा दुवै कम्पनीका फागुन १५ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।  ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २४ गते साधारण सभा बोलाएको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट  शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा आह्वान गरेको छ ।

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा २८ मंसिरमा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा मंसिर २८ गतेलाई बोलाएको छ ।सभाले गत आर्थिक वर्ष २०७७/०७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावलाई पनि स्वीकृति प्रदान गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुंग्याउने बताइएको छ ।कम्पनीले […]

ग्लोबल आइएमई लघुवित्तको बुकक्लोज मिति तय

५ मंसिर, काठमाडौं । घोषित लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । संस्थाले मंसिर २८ गते नवौं वाषिर्क साधारण सभा पोखरामा साधारणसभा बोलाउने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वाषिर्क प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई पनि […]

ग्लोबल आइएमई लघुवित्तका सञ्चालक जोशीको चार वर्षे कार्यकाल समाप्त

काठमाडौं, १६ कात्तिक । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक विजयराज जोशीको चार वर्षे कार्यकाल सोमबार सकिएको छ । कम्पनीले एक सुचना जारी गर्दै आज जोशीको कार्यकाल सकिएको सुचना दिएको हो । उनको चार वर्षे कार्यकाल समाप्त भएको कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई लघुवित्तको संचालकमा अनामिका कुँवर

काठमाडौं, २४ साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संचालकमा अनामिका कुँवरलाई नियुक्त गरेको छ । साउन २१ गते बसेको सञ्चालक समितिको १४० औं बैठकले संस्थाको प्रतिनिधि सञ्चालकको रुपमा कुँवरलाई नियुक्त गरेको हो । वित्तीय संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखा संचालनमा रहेको, लगानीमा रहिरहेको कर्जा ६ अर्ब ३७ करोड ११ लाख रहेको, निक्षेप […]

ग्लोबल आइएमई लघुवित्तका सञ्चालक श्रेष्ठको राजीनामा

काठमाडौँ / ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक परमेश्वर श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा संस्थाको असार २९ गते बसेको सञ्चालक समितिको १३८

ग्लोबल आइएमई लघुवित्तद्वारा ग्राहलाई नगद सहयोग

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो । जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरोबाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाइरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम २६ लाख […]

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार सुरू

लमजुङ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको पोखरा–२६ मा केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति पश्चात् ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाकोे नामबाट एकीकृत वित्तीय कारोबार सुरू गरेको छ ।एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पुँजी ४३ करोड १७ लाख २० हजार ४ सय ११, कुल कर्जा […]