ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, १ असार २०७८)

कम्पनीको शेयर मूल्य सोमवार प्रतिकित्ता रु. २ हजार ८४० कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार कम्पनीको शेयर मूल्यमा ८० रुपैयाँले कमी आएको हो । नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ दशमलव ४ गुणा वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. ८ करोड ४६ लाख ६३ हजार नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. २१ करोड १५ लाख ७४ हजार पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । साथै, कम्पनीले रु. ७ करोड ७८ लाख खराब कर्जा उठाउन सफल भएकाले पनि नाफा बढ्नमा टेवा पुगेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८४ प्रतिशत र सञ्चालन नाफामा ९३ प्रतिशतले वृद्धि भएको छ ।   चुक्ता पूँजी रु. ३३ करोड ८ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. २७ करोड ८१ लाख सञ्चित  गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. ८५ दशमलव २६ रहेको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्यमा गिरावट आउने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५६ दशमलव शून्य ३ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ९५ दशमलव ५० बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम बढी हुन्छ भने प्रतिफल पनि बढी हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमबारको शेयर मूल्य रु. २ हजार ८४० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २ हजार ७२६ मा टेवा पाउनेर महँगिए २ हजार ८९० मा प्रतिरोध पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

साधना र सबैको लघुवित्त मर्जरमा जाने

१७ भदौ, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएको छन् । १५ भदौ शुक्रबार दुई संस्थाबीच मर्जरमा जानेसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपातमा मर्जरमा जाने सहमति भएको साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए । मर्जरपछि बन्ने […]

किसान र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाने

१० साउन, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । ९ साउन मंगलबार दुई संस्था बीच मर्जारमा जाने सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले बताए । दुई संस्था समान सेयर स्वाप रेसियोमा मर्जरमा जाने प्रारमिभक सम्झौता भएको उनले […]

स्वरोजगार लघुवित्त वित्तीय संस्था पनि एनपियसमा आबद्ध

काभ्रेपलान्चोक स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्थालागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेती र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका […]

स्वरोजगार लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मनोजकृष्ण उप्रेती र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता पश्चात स्वरोजगार लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी नेशनल पेमेन्ट […]

साना किसान विकास लघुवित्त वित्तीय संस्था पनि एनपीएसमा आबद्ध

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा साना किसान विकास लघुवित्तका संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसीएचएलका […]

साना किसान विकास लघुवित्त वित्तीय संस्था एनपीएसमा आबद्ध

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । आज भएको सम्झौताअनुसार लघुवित्तले क्लियरिङ हाउसको डिजिटल माध्यमबाट भुक्तानी गर्ने भएको हो । सम्झौता पत्रमा साना किसान

धौलागिरि र खप्तड लघुवित्त मर्जरमा जाने

१८ मंसिर, काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । १८ मंसिर आइतबार बिहान दुई संस्थाबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुई संस्थाबीच मर्जरको सहमति भएसँगै दुबै संस्थाको आधारभुत सेयरधनीको सेयर कारोबार रोक्का भएको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

छिमेक लघुवित्त वित्तीय संस्था र नेपाल क्लियरिङ हाउसबीच डिजिटल माध्यमबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था सम्मानित

बाँकेको कोहलपुर स्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्था ग्राहक सदस्य सुरक्षणमा अब्बल संस्थाको रुपमा सुचिकृत भएको छ ।स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सात सिद्धान्त र १९२ मानकहरु यस वित्तीय संस्थाले पूर्णरुपमा पालना गरेको भनी स्मार्ट सर्टिफिकेट (प्रमाणपत्र) बाट सम्मानित भएको हो । यसबाट युनिक नेपाल लघुवित्त वित्तीय संस्था अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेका विश्वका […]