काठमाडौं : अख्तियारको स्टिङ अप्रेसनमा सरकारी कर्मचारी पर्न थालेका छन्। घुसको रकमसहित सरकारी कर्मचारी दिनहुँ अख्तियारको फन्दामा पर्न थालेका हुन्।साढे २२ लाख घुस रकमसहित संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव पक्राउ परेकै भोलिपल्ट आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधान पक्राउ परेकी छन्।कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा प्रधान पक्राउ परेकी हुन्। उनलाई अख्तियार दुर