प्रतिघण्टा १ सय २० किलोमिटर गुड्नसक्ने इलेक्ट्रिक बाइक सार्वजनिक

१ सय २० किलोमिटर प्रतिघण्टा गुड्नसक्ने इलेक्ट्रिक दुइटा बाइक सार्वजनिक भएको छ।

सम्बन्धित सामग्री

दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने

वातावरण मैत्री सञ्चालन तर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ, जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिनेछ । विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने छ। यस नयाँ पहलमार्फत, दराजले आयातित इन्

नेपाली इलेक्ट्रिक बाइक यात्री ‘सोल्ड आउट’, बुकिङ बन्द

नेपाली इलेक्ट्रिक बाइक निर्माता कम्पनी यात्रीले उत्पादन गरेको पहिलो मोडल पी–१ ‘सोल्ड आउट’ भएको छ । कम्पनीले फोसबुक पेज मार्फत पी–१ मोडल सोल्ड आउट भएको र बुकिङ रोकिएको जनाएको छ । कम्पनीले बुकिङ लिएका सबै यूनिट बाइक आगामी मार्च सम्ममा उपलब्ध गराईसक्ने जनाएको छ ।अर्को चरणको बुकिङ केही हप्तापछि खुलाईने कम्पनीले जनाएको छ । दोस्रो चरणमा कम्पनीले बुकिङ लिने बाइक २०२२ को जुनसम्म बुकिङ गर्ने ग्राहकलाई उपलब्ध गराउने गरी तयारी भईरहेको यात्रीले जनाएको छ । यात्रीले पहिलो मोडल पी–१ को मूल्य ४ लाख ९५ हजार राखेर बुकिङ लिएको थियो ।

नेपालमा नै एसेम्बल गरिएको इलेक्ट्रिक ‘याक’ बाइक अब बजारमा

काठमाडौँ। अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले भर्खरै आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ। जैष्णवी समूहले अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता र ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै याक बाइक नामक इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो।

लोभ लाग्दा विशेषतासहित इलेक्ट्रिक बाइक ‘याक’ सार्वजनिक

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ‘याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक ल्याएको छ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ चिनियाँ विद्युतीय २ पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्र्याएको हो । अन्य बाइकको तुलनामा यसले निकै कम उर्जा खपत गर्ने र यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने दाबी कम्पनीको छ । पेट्रोलियम उत्पादनहरूको प्रयोग कम गर्न मद्दत गर्ने बताईएको छ ।बाइक सार्वजनिक समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । उनले प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याका लागि नेपाल जिम्मेवार नरहेपनि प्रभाव भने परिरहेको बताएकी छिन् ।उनले भनिन्, “भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ, विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ । त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले  याक बाइक्सलाई नेपालमा भित्र्याएको हो ।’’जैष्णवी ग्रुपका सीईओ जोन खड्काले भने, “सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न  याक बाइक्स यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको  समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ।“

१२ कक्षामा अध्ययनरत पोखरेलले बनाए विद्युतीय मोटरसाइकल

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनी चोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोखरेलले निर्माण गरेको ब्याक गियर सहितको इलेक्ट्रिक बाइक ।  बिना तालिम बनाइएको बाइक अर्घाखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । तस्बिर : प्रेमनारायण आचार्य /रासस

सबैभन्दा धेरै स्पिडमा गुड्ने इलेक्ट्रिक बाइकको डेलिभरी सुरु

भारतको सबैभन्दा धेरै स्पिडमा गुड्ने इलेक्ट्रिक बाइक ‘क्रिडन’को डेलिभरी सुरु भएको छ।