नेपाली इलेक्ट्रिक बाइक निर्माता कम्पनी यात्रीले उत्पादन गरेको पहिलो मोडल पी–१ ‘सोल्ड आउट’ भएको छ । कम्पनीले फोसबुक पेज मार्फत पी–१ मोडल सोल्ड आउट भएको र बुकिङ रोकिएको जनाएको छ । कम्पनीले बुकिङ लिएका सबै यूनिट बाइक आगामी मार्च सम्ममा उपलब्ध गराईसक्ने जनाएको छ ।अर्को चरणको बुकिङ केही हप्तापछि खुलाईने कम्पनीले जनाएको छ । दोस्रो चरणमा कम्पनीले बुकिङ लिने बाइक २०२२ को जुनसम्म बुकिङ गर्ने ग्राहकलाई उपलब्ध गराउने गरी तयारी भईरहेको यात्रीले जनाएको छ । यात्रीले पहिलो मोडल पी–१ को मूल्य ४ लाख ९५ हजार राखेर बुकिङ लिएको थियो ।