प्रतिनिधिसभा उपनिर्वाचन : कसले मार्ला बाजी ?

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन गर्नुपर्ने सुझाव आयोगले सरकारलाई दिएको छ । प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँगको छलफलमा दलहरूसँग सल्लाह गरेर जवाफ दिने बताएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसँग एक चरण छलफल गरिसकेका छन् । प्रधानमन्त्री देउवा अब छिट्टै नै संस...

सम्बन्धित सामग्री

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । ३४ हजार ९१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ रहेको छ । नेकपा एमालेका […]

तनहुँ १ मा गोविन्द भट्टराईले स्वीकारे हार

तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेको गोविन्द भट्टराईले हार स्वीकारेका छन् । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेसँग दश हजार भन्दा धेरै मतले पछाडि परेपछि भट्टराईले मतगणना नसकिँदै हार स्वीकार गरेका हुन् । सामाजिक सञ्जाल मार्फत नेता भट्टराई चुनावी घरदैलोका क्रममा विगतप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा […]

चितवन-२ : रविले ६ हजार मत कटाउँदा एमाले र कांग्रेसले कति पाए ?

काठमाडौं, ११ वैशाख। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेद्‍वार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्। प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत भएको निर्वाचनको पछिल्लो परीणाम अनुसार सभापति लामिछानेले ६,५६८ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा(एमाले)का रामप्रसाद न्यौपानेले २,९०२ मत पाएका छन्। यस्तै, नेपाली कांग्रेसका उम्मेद्‍वार जितनारायण श्रेष्ठ २,६८८ मतसहित तेस्रो स्थानमा रहेका छन्।

बारा- २ को मतगणना ११ बजेदेखि सुरु गरिने

प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नं २ मा आइतबार भएको मतदानको गणना सोमबार बिहान ११ बजेदेखि गरिने भएको छ । मतपेटिका संकलन गरिसकेपछि  बिहान सर्वदलीय बैठक बसेर ११ बजेदेखि गणना सुरु गर्ने निर्णय गरिएको हो ।

उपनिर्वाचनमा राप्रपा : सबै पदमा उम्मेदवारी दिने, कास्की २ मा भण्डारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले उपनिर्वाचन हुने सबैपदमा उम्मेदवारी दिने निर्णय गरेको छ। राप्रपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका सबै पदमा उम्मेदवारी दिने निर्णय गर्नुका साथै महत्त्वपूर्ण पदका लागि उम्मेदवार पनि तोकेको छ। राप्रपाले कास्कीको प्रतिनिधिसभा उपनिर्वाचन, दाङ र बाग्लुङका...