तनहुँ १ मा गोविन्द भट्टराईले स्वीकारे हार

तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेको गोविन्द भट्टराईले हार स्वीकारेका छन् । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेसँग दश हजार भन्दा धेरै मतले पछाडि परेपछि भट्टराईले मतगणना नसकिँदै हार स्वीकार गरेका हुन् । सामाजिक सञ्जाल मार्फत नेता भट्टराई चुनावी घरदैलोका क्रममा विगतप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा […]

सम्बन्धित सामग्री

तनहुँ–१ मा स्वर्णिमलाई ११ हजार मतको अग्रता

तनहुँ । सोमबार साँझसम्म तनहुँ १ मा ४८ हजार २६२ मतपत्रको गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् । यहाँ वाग्ले २५ हजार १४१ मत प्राप्त गर्दा भट्टराईले १४ हजार ४६२ मत प्राप्त गरेका छन् । भने […]

तनहुँ १ मा मतान्तर फराकिलो पार्दै स्वर्णिम

तनहुँ – तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । ४६ हजार ६७ मत गन्दा वाग्लेले २३ हजार ९६६ मत ल्याएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराई १३ हजार ८१२ मतका साथ उनलाई पछ्याइरहेका छन् । नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ७९५ मतसहित […]

तनहुँ–१ उपनिर्वाचन : स्वर्णिमले ११ वटा वडामा पाए दोब्बर मत, कसको कति?

काठमाडौं : प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन्। दोस्रो र तेस्रो स्थानमा रहेका गोविन्द भट्टराई र सर्वेन्द्र खनाल पछ्याइरहेका छन्। हालसम्म ११ वटा वडाको मतगणना सम्पन्न भएको छ। मतगणना सकिएका वडामध्ये अधिकांशमा रास्वपाका उम्मेदवार वाग्लेलाई सबैभन्दा बढी मत प्राप्त भएका छन्। हालसम्म भानु नगरपालिकाको ३, ४, ६, ७, ८ र १० नम्बर वडाको मतगणना सकिएको छ। यस्तै आँबुखैरेनी गाउँप

ठीक समय कुर्नुपर्छ भनिन्छ, त्यो समय आयो : सर्वेन्द्र खनाल

१० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ-१ बाट एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । हाल चुनाव प्रचारप्रसारमा सक्रिय उनले आफ्ना लागि समय आएको देखेको टिप्पणी गरेका छन् । कांग्रेसका गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धामा रहेका उनले कांग्रेस र रास्वपाको टकरावले आफूलाई फाइदा हुने आकलन गरेका छन् । खनालसँग अनलाइनखबरका लागि बसन्त बस्नेतले […]

जन्मभूमिको सेवा गर्न उपचुनाव लड्न आएँ : सर्वेन्द्र खनाल

२० चैत, तनहुँ । १० चैतमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । तनहुँ १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन् । राजनीतिज्ञ र एमाले नेताका रुपमा खनाल तनहुँमा नयाँ हुन् । तर उनले आफूले प्रहरीमा रहँदा र पछि पनि तनहुँका लागि […]

तनहुँ–१ : नयाँ अनुहारबीच प्रतिस्पर्धा

रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको तनहुँ–१ मा लामो समयपछि नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रकालागि उनीहरू तीनै जना नयाँ अनुहार हुन् ।

रामचन्द्र पौडेलको उत्तराधिकारी म हुँ : गोविन्द भट्टराई

रामचन्द्र दाइले जनताको लागि विकास निर्माणको कामहरू र जे जति योजनाहरू थिए, उहाँले जति वाचा गर्नुभएको थियो, उहाँको राजनीतिक विरासत पछिल्लो पुस्ताले बोक्ने गरी म उत्तराधिकारीको रूपमा आएको छु । यो पनि मेरो एउटा जित्ने दह्रो आधार हो ।

तनहुँ-१ मा कांग्रेस उम्मेदवार नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई

तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कांग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसबाट आकांक्षी को को छन् ?

२६ फागुन, काठमाडौं। तनहुँ-१ मा उपनिर्वाचन हुने भएपछि कांग्रेसबाट उम्मेदवार हुनका लागि नेताहरुले दाबी गर्न लागेका छन् । रिक्त क्षेत्रका लागि केन्द्रीयदेखि जिल्ला तहका नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । केन्द्रीय सदस्यद्धय गोविन्द भट्टराई र ध्रुब वाग्ले तनहुँ–१ मा आकांक्षी देखिएका छन् । संविधान सभा सदस्य तथा तनहुँका पुराना नेता रामचन्द्र पोखरेलले उम्मेदवारको दाबी गरेका […]

वरिष्ठ नेता पौडेल तनहुँ-१ बाट सिफारिस

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । पार्टीको तनहुँ जिल्ला कार्य समितिको आज बसेको बैठकले उनलाई सो स्थानबाट उम्मेदवार हुन सिफारिस गरेको हो । यसैगरी सोही क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शङ्कर भण्डारीलाई पनि सिफारिस गरिएको सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए। […]