चितवन-२ : रविले ६ हजार मत कटाउँदा एमाले र कांग्रेसले कति पाए ?

काठमाडौं, ११ वैशाख। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेद्‍वार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्। प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत भएको निर्वाचनको पछिल्लो परीणाम अनुसार सभापति लामिछानेले ६,५६८ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा(एमाले)का रामप्रसाद न्यौपानेले २,९०२ मत पाएका छन्। यस्तै, नेपाली कांग्रेसका उम्मेद्‍वार जितनारायण श्रेष्ठ २,६८८ मतसहित तेस्रो स्थानमा रहेका छन्।

सम्बन्धित सामग्री

चितवन-२ का मतदातालाई एमाले उम्मेदवारले दिए धन्यवाद

चितवन- चितवन-२ को उपनिर्वाचनबाट पराजित एमाले उम्मेदवार राम न्यौपानेले मतदातालाई धन्यवाद दिएका छन् । एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेले जिल्ला कमिटीमार्फत धन्यवाद सन्देश प्रेषित गरेका हुन् । न्यौपानेले सन्देशमा चितवन–२ को उपनिर्वाचनमा आफ्नो पार्टी एमालेको सूर्य चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएक...

‘एमाले थर्ड’

काठमाडौं, १३ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि भएको उपनिर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले तीनवटै निर्वाचन क्षेत्रमा हार व्यहोरेका छन् । चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने निर्वाचित भए । लामिछानेले ५४ हजार एक सय ७६ मत प्राप्त गर्दा कांग्रेसका जीतनारायण श्रेष्ठ ११ हजार दुई सय […]

उपनिर्वाचनमा एमाले सबै क्षेत्रमा तेस्रो

काठमाडौं । हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो  । तीनवटै  निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेकाे छ ।  चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले […] The post उपनिर्वाचनमा एमाले सबै क्षेत्रमा तेस्रो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवन-२ मा रवि र रामप्रसादले भोट हाल्न नपाउने

चितवन क्षेत्र नम्बर २ मा मतदान जारी रहेको छ । चितवन -२ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ चुनावी मैदानमा रहेका छन् । तर रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मत हाल्ने पाउने छैनन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मत हाल्न नपाउने भएका …

चितवन-२ को उपनिर्वाचनमा को होला एमाले उम्मेदवार ?

३० फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फर्जी नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गरेको भन्दै सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता हुँदै छ । रवि लामिछाने सो पार्टीबाट उम्मेदवार बन्ने करीब निश्चित जस्तै […]

चितवन २(१)मा एमाले र ३ (१)मा राप्रपा विजयी

काठमाडौँ,८ मँसिर । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नम्बर २(१) र ३(१)को मत परिणाम आएको छ । प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नम्बर २(१) मा कृष्णप्रसाद सिलवाल विजयी हुनुभएको छ । उहाँ एक हजार दुई सय ४० मतान्तरले विजयी हुनुभएको हो । […]

चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, एमाले तेस्रो

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले  विजयी भएका छन्। आज बिहान सकिएको मतगणनामा रविले ४४ हजार ९ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ मत प्राप्त गरे।नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ५५ मत प्राप्त गरेको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। अहिले मतगणना सकेर तथ्यांक संकलनको कार्य भइरहेको र केहीबेरमा औपचारिक घोषणा गरि

चितवन २ मा ३ सय मत गन्दा रवि तेस्रो, एमालेकाे अग्रता यथावत

चितवन–२ मा तीन सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन्। यस क्षेत्रमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। तीन सय मत गन्दा एमाले उम्मेदवार पोखरेलले १५०...

मन्त्री श्रेष्ठ चितवन-२ बाट चुनाव लड्ने, चितवन प्रस्थान्

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसले चितवन-२ बाट राज्यमन्त्री उमेश श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । मन्त्री श्रेष्ठ अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् । उनी सभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन् । अहिले उनी टिकट लिएर चितवन प्रस्थान् गरेका छन् । सो क्षेत्रबाट नेकपा (एमाले) ले कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ । उता, स्वतन्त्र पार्टीका […]