पर्वतको सिसाठाँटीमा दुग्ध संकलन केन्द्र स्थापना

पर्वत । पर्वतको फलेवास नगरपालिका–३ सिसाठाँटीमा दुग्ध संकलन केन्द्र स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको भैंसी पकेट क्षेत्रमा सूचीकृत सिसाठाँटीमा दूध संकलन केन्द्र स्थापना भएपछि किसान खुशी भएका छन् । भैंसी पकेट क्षेत्र बनेपछि किसानले भैंसी पालेका छन् । उत्पादित दूधको बजारीकरणका लागि हालै फलेवास नगरपालिकाको सहयोगमा दुग्ध संकलन केन्द्र स्थापना भएको हो । कार्यक्रममा शंकरपोखरी सिसाठाँटी र वडा नं २ थापाठानाका ६७ घरधुरी समेटिएका छन् । गत आर्थिक वर्ष २५ लाख लगानीमार्फत यहाँका किसानलाई समेटेर भैंसी पकेट क्षेत्रको रूपमा विकास गरिएको हो । नगरपालिकाले कृषकलाई प्रतिव्यक्ति ६२ हजार ५०० रुपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो । यो वर्ष थप ११ लाख रुपैयाँ सहयोग प्राप्त भएपछि किसान थप उत्साहित भएका छन् । किसानले १७० ओटा माऊ भैंसी र १४ ओटा पाडा पालेका छन् । दैनिक १२० लिटर दूध बेच्ने गरेका छन् । यहाँ उत्पादित दूध नजिकैको साइकलचोक हुँदै कुश्मा र पोखरा पुर्‍याउने गरेका छन् । नगरपालिकाले गाउँलाई समेटेर भैंसी पकेट क्षेत्र घोषणा गरेपछि कृषकको आर्थिक स्तर नै फेरिएको छ । दूध विक्रीबाट उनीहरूले मासिक १० हजारदेखि २० हजारसम्म आम्दानी गर्छन् । गाउँका किसान पशुपालनसँगै तरकारीखेतीमा पनि आकर्षित भएका छन् । ‘गाउँमा दूध बढी भएर मोलखतमा फाल्ने गथ्र्यौं, गाईभैंसीलाई खुवाउने चलन थियो, स्थानीय शिव अधिकारीले भने, ‘हामीलाई यसरी आम्दानी हुन्छ भन्ने पनि थाहा थिएन, नगरपालिकाले भैंसी पकेट क्षेत्र कार्यक्रम घोषणा गरेपछि हाम्रा दिन फेरिए ।’ पाँच वर्षअघि विदेश बसेर आएका अधिकारीले हाल दूध बेचेर वार्षिक २ लाखसम्म कमाउने गर्छन् । स्थानीय देवीप्रसाद सुवेदीले भैंसी पकेट कार्यक्रमले किसानको आर्थिक स्तर फेरिएको बताए । विक्री नभएको दूधले बजार पाउँदा थप भैंसी पाल्ने योजना रहेको उनले सुनाए । फलेवास नगरपालिका योजना अधिकृत देवीप्रसाद तिमिल्सिनाले सिसाठाँटीमा पशुपालन र कृषिको सम्भावना देखेर लगानी गरिएको बताए । यस क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत भैंसीपालन रहेको भन्दै उनले कृषिसँगै तरकारी र फलफूलखेतीमा लाग्न कृषकलाई आग्रह गरे । फलेवास नगरपालिका–३ शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले सिसाठाँटी पशु र कृषिको उर्भरभूमि रहेको बताए । भैंसी पकेट कार्यक्रम मार्फत किसानको आयआर्जन र जीवनस्तरमा ठूलो परिवर्तन आएको दाबी उनले गरे ।

सम्बन्धित सामग्री

स्थानीय निर्वाचनअघि २३ सय टुक्रे योजना वडा तहसम्म लैजाँदै बागमती सरकार

एक अर्ब पाँच करोड बजेट विनियोजन, पाँच लाखका टुक्रे योजनामा सडक, स्वास्थ्य चौकी, विद्यालयको कम्पाउन्ड, सामुदायिक वनका भवन, दुग्ध संकलन केन्द्र स्थापना, किसानलाई बाख्रापालनलगायतका कार्यक्रम समावेश बागमती प्रदेश सरकारले स्थानीय तहको निर्वाचनअघि...

दुग्ध विकास संस्थानद्वारा पौवामा ५० वर्षदेखि दुग्धजन्य परिकार उत्पादन

कात्तिक १३, काभ्रेपलाञ्चोक । दुग्ध विकास संस्थानले विगत ५० वर्षदेखि दूर्गम मानिने रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा दुग्धजन्य परिकार उत्पादन गर्दै आएको छ ।  संस्थानले पौवामा दुग्ध पदार्थ उत्पादन तथा विक्री वितरण केन्द्र स्थापना गरी चिजलगायत दुग्धजन्य परिकार उत्पादन गर्दै आएको हो ।   विसं २०२७ मा काभ्रेपलाञ्चोकको साविक भिमखोरी गाविस–१ मा स्थापित उक्त केन्द्रले चीज, मखन, पनिर, नौनीलगायत दुग्धजन्य परिकार उत्पादन गरी मासिक रू. १५ लाखको कारोबार गर्दै आएको जानकारी दिइएको छ ।  यसरी उत्पादित सामग्री काठमाडौंस्थित संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा विक्री–वितरणका लागि पठाइँदै आइएको केन्द्रका कर्मचारी जीवन श्रेष्ठले बताए ।  उक्त केन्द्रले पौवा तथा आसपासका उच्च पहाडी गाउँबाट दूध संकलन गर्दै आएको छ । केन्द्रमा भिमखोरीको पौवा, कातारचे, केराबासी, सोरे तथा छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका गाउँ र आसपासका कृषि अनुसन्धान सहकारी, धर्मेश्वर दुग्ध सहकारी, महाभारत कृषि सहकारी र स्थानीय सौभाग्य महिला सहकारीलगायत आठ सहकारी संस्थाबाट दैनिक ७५० देखि ८०० लिटरसम्म दूध संकलन हुने गरेको श्रेष्ठले जानकारी दिए ।  केन्द्रबाट दैनिक ११५ किलो पनिर, ७५ किलो चीज, १८ किलो हाराहारीमा मखन उत्पादन हुने गरेको जनाइएको छ । पौवा रोशीको उच्च पहाडी भेग भएकाले सबै क्षेत्रमा यातायातका साधनको पहुँच नभएकाले केन्द्रमा स्थानीय तथा खच्चडबाट दूध संकलन गरिँदै आइएको छ ।  ‘दुध ढुवानी गर्ने, स्थानीय व्यक्ति र खच्चरधनीलाई सहकारीमार्फत मासिक ज्याला दिने गरिन्छ’, केन्द्र प्रमुख प्रकाश केसीले भने । उनका अनुसार यहाँ उत्पादित परिकार गुणस्तरीय भएकाले स्थानीयले समेत खरीद गर्ने गरेका छन् ।  केन्द्र स्थापनापछि स्थानीय गाउँमा गाईभैँसी पाल्ने कृषकको संख्या बढेको कृषक सुरेश कर्माचार्यले बताए । ‘यस भेगमा उत्पादित दूध कहिल्यै खेर जाँदैन, सबै केन्द्रले लिने गरेको छ, यसकारण पहिलेभन्दा धेरै कृषकले गाईभैँसी पाल्दै आएका छन्’, उनले भने । उनका अनुसार केन्द्रले दुध लिँदा दुर्गमका कृषकलाई गाईभैँसी पालेर आर्थिक उपार्जनमा निकै ठूलो मद्दत पुर्‍याइरहेको छ ।  ११ रोपनी जमिनमा अवस्थित केन्द्रका ६ ओटा भवन छन् । केन्द्रका विभिन्न भौतिक संरचना जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका एवम् पुनर्निर्माणका लागि केन्द्रीय कार्यालयमा बजेट माग गरिएको प्रमुख केसीले बताए । रासस

भरतपुरमा सञ्चालनमा आयो ‘गंगा’ ब्रान्डका दूध र दुधजन्य परिकारको विक्री केन्द्र

भदौ १५, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित  गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दूध र दुधजन्य परिकार विक्री गर्न विक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।  सोमवार कृष्ण जन्माष्टमीको अवसर पारेर उक्त संस्थाले दूध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको हो । सहकारीले भरतपुर २२, धनौजीमा रहेको केन्द्रीय कार्यालयमा विक्रि केन्द्र सञ्चालनमा ल्याइ  सेवा शुरु गरेको हो ।  विक्री केन्द्रको उद्घाटन गर्दै प्रदेश सासंद रामलाल महतोले किसानले आफ्नो उत्पादको मूल्य आफैले तोक्न नसकेको अवस्थामा किसान संगठित हुँदा आफ्नो उत्पादनको मूल्यआफैले तोकेर विक्री गर्ने अवस्था आएको भन्दै खुशी व्यक्त गरे  । उनले  दूधको बजारीकरण र यान्त्रिकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए  । वडा अध्यक्ष विष्णुराज महतोले सहकारीको यस कार्यले आत्मनिर्भरतासँगै यहाँको रकम  बाहिर जानबाट जोगिने बताए ।  गंगानगर दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारीले दूध संकलन गरेर डेरी उद्योगलाई विक्रीगर्दा किसानको लागतपनि उठ्न गाह्रो भएको भन्दै  किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षासहित उद्योगका रुपमा सहकारीलाई विकास गरिने बताए । उक्त सहकारीले आफ्नै  नमूना पशुपालन फार्म तथा स्रोत केन्द्रमार्फत सहकारीमा दैनिक ६  हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्दै आएको छ ।  गत वर्षदेखि परीक्षणको रुपमा ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीले तीन महीनाअघि गंगा ब्रान्डले खाद्यान्न अनुज्ञापत्रसमेत पाएको छ । सहकारीले यो पहिलो विक्री केन्द्र भएपनि यो  सहितसहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्यबजार क्षेत्रमा उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक विक्री गर्ने लक्ष्य राखेको छ । विक्री केन्द्रबाट पहिलो चरणमा  दूधबाट दही, मोही, घ्यू, पनीर, नौनी, खुवा, बटर, छुर्पी,क्रिम लगायतका विभिन्न मिठाइका उत्पादन गरी विक्री शुरु गरिएको संस्थाका व्यवस्थापक राम प्रसाद सापकोटाले बताए । उनका अनुसार सहकारीले क्रमशः उत्पादन र परिकार बढाउँदै लैजाने छ ।  प्रशोधनका केन्द्रका अपरेटर गोविन्द आचार्यले ताजा दूधबाट तत्कालै परिकार बन्ने हुँदा अन्तको भन्दा गुणस्तरीय र शुद्ध परिकार उत्पादन हुने दाबी गरे । सहकारीले करीब  २ करोड रुपैयाँको लगानीमा उद्योगसहित सहकारीकै भवनमा विक्री केन्द्र स्थापना गरेको हो । २०४९ सालमा स्थापना भएको उक्त सहकारीमा अहिले ५०० भन्दा बढी किसान आबद्ध छन् ।

हेटौंडा दुग्ध वितरण आयोजना : एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात

हेटौंडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा उक्त परिमाणमा घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित आयोजनाबाट आधा लिटरको बट्टामा २०७७ वैशाखदेखि घ्यू निर्यात शुरू भएको थियो । एक पटकमा सातदेखि ८ हजार लिटर घ्यू निर्यात हुने गरेको आयोजना प्रमुख जोशीले बताए । घ्यूको माग बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाले दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट संकलन गर्दै आएको छ । आयोजनाले ६ हजार दुग्ध कृषक घरपरिवारको १६४ ओटा दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत गत आवमा ५८ लाख लिटर दुग्ध खरीद गरी ३२ करोड रुपैयाँ भुक्तानी गरेको बताएको छ । उत्पादित दूध, दही, पनिर, आइसक्रिम, पेडालगायत उपभोग्य वस्तु वीरगञ्ज, हेटौंडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा विक्री हुने गरेको छ । आयोजनाअन्तर्गत सातओटा दुग्ध चिस्यान केन्द्र (चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र सीम्रौनगढमा) रहेका छन् । साथै मकवानपुर लगायत जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाबाट समेत दुग्ध संकलन हुने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठले बताए । औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा ३ हजार लिटर रहेको छ । रासस

हेटौंडा दुग्ध वितरण आयोजना : एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात

हेटौंडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा उक्त परिमाणमा घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित आयोजनाबाट आधा लिटरको बट्टामा २०७७ वैशाखदेखि घ्यू निर्यात शुरू भएको थियो । एक पटकमा सातदेखि ८ हजार लिटर घ्यू निर्यात हुने गरेको आयोजना प्रमुख जोशीले बताए ।      घ्यूको माग बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाले दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट संकलन गर्दै आएको छ । आयोजनाले ६ हजार दुग्ध कृषक घरपरिवारको १६४ ओटा दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत गत आवमा ५८ लाख लिटर दुग्ध खरीद गरी ३२ करोड रुपैयाँ भुक्तानी गरेको बताएको छ । उत्पादित दूध, दही, पनिर, आइसक्रिम, पेडालगायत उपभोग्य वस्तु वीरगञ्ज, हेटौंडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा विक्री हुने गरेको छ । आयोजनाअन्तर्गत सातओटा दुग्ध चिस्यान केन्द्र (चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र सीम्रौनगढमा) रहेका छन् । रासस

हेटौंडा दुग्ध वितरण आयोजनाद्वारा ६० हजार लिटर घ्यू निर्यात

साउन ८, हेटौंडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७/ ७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा विसं २०७७ वैशाखदेखि घ्यू निर्यात शुरु भएको बताइएको छ । एक पटकमा सातदेखि ८ हजार लिटर घ्यू निर्यात हुने गरेको छ ।            घ्यूको माग अत्यधिकरूपमा बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । विसं २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट संकलन भइरहेको छ । त्यस्तै आयोजनाले ६ हजार दुग्ध कृषक घरपरिवारको १६४ ओटा दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत आव २०७७/ ७८ मा ५८ लाख लिटर दुग्ध खरीद गरी ३२ करोड रुपैयाँ भुक्तानी गरेको बताएको छ । त्यहाँबाट उत्पादित दूध, दही, पनिर, आइसक्रिम र पेडालगायतका सामग्री वीरगञ्ज, हेटौंडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा विक्री हुने गरेको छ ।            उक्त आयोजनाअन्तर्गत सात ओटा दुग्ध चिस्यान केन्द्र क्रमशः चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र सीम्रौनगढमा रहेको छ । यसका साथै मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाहरुबाट समेत दुग्ध संकलन हुने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठको भनाइ छ ।            औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा ३ हजार लिटर रहेको छ । आयोजनाबाट दही, पनिर, घ्यू, मख्खन, फ्रेसमिल्क, लालमोहन र रसभरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा तथा खुवालगायतका दुग्ध पदार्थ उत्पादन भई विक्री हुने गरेको छ । आयोजनाले आवश्यकतानुसारको दूध खपत गरी बढी भएको दूध केन्द्रीय कार्यालय बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको बताइएको छ । आयोजनाको प्रतिदिन ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको र त्यहाँ दही उत्पादन क्षमता प्रतिदिन ३ हजार लिटर तथा घ्यू, मख्खन र पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन रहेको छ ।            त्यस्तै फ्रेसमिल्क १ हजार ५०० बोतल प्रतिसिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्रतिदिन उत्पादन हुने गरेको आयोजनबाट उपलब्ध तथ्यांकमा उल्लेख छ । ११७ जना कर्मचारी रहेको सो आयोजनाअन्तर्गत तीन ओटा डिस्ट्रिब्युटर, २८ ओटा डिलर र १९७ ओटा विक्री बुथ रहेको छ । हाल आयोजनाको हातामा १०० मेट्रिक टन क्षमता भएको बटर कोल्ड स्टोर निर्माण गरिएको छ । वाग्मती प्रदेश दुग्ध विकास वार्डको साझदारीमा उक्त स्टोर निर्माण गरिएको हो ।रासस

विराटनगर दुग्ध वितरण आयोजना : दुग्ध पदार्थ विक्री नहुँदा किसानले पाएनन् भुक्तानी

विराटनगर । कोभिड महामारी र निषेधाज्ञाका कारण बजारमा दुग्ध पदार्थको खपत घटेपछि दुग्ध विकास संस्थान अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई दूधको भुक्तानी गर्न सकेको छैन । आयोजनाले प्रदेश १ र २ का समेत गरी ७ हजार दुग्ध किसानलाई चार महीनादेखिको १० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । आयोजनाले संकलित दूधको फागुन, चैत, वैशाख र जेठकोे भुक्तानी किसानलाई दिन बाँकी रहेको हो । निजी कम्पनीभन्दा भरपर्दो ठानेर सरकारी आयोजनालाई दूध बेचेका किसान उसैले भुक्तानी रोक्दा दैनिक गुजारा चलाउनै असहज हुने अवस्थामा पुगेको बताउँछन् इलामका किसान विष्णुप्रसाद दुराल । उनी सम्बद्ध उज्यालो कृषि सहकारीले दैनिक २ सय लिटर दूध दुग्ध वितरण केन्द्र विराटनगरलाई दिँदै आएको छ । उनको सहकारीलाई नै प्रतिलिटर न्यूनतम ४५ रुपैयाँको दरले हिसाब गर्दा पनि केन्द्रले १० लाख ८० हजार रुपैयाँ दिन बाँकी छ । किसानले दूधको रकम समयमा भुक्तानी नपाउदा गाईभैंसीलाई खुवाउने चोकर, दाना, भिटामिन लगायत किन्न सक्दैनन् । दूधको आम्दानीबाटै उनीहरूले घरको समेत खर्च चलाउनुपर्ने अवस्था छ । तर लामो समय भुक्तानी नपाउँदा आफूहरू निकै मर्कामा परेको किसान दुरालले बताए । धनकुटाको छथर जोरपाटीका किसान डिकबहादुर खड्काका २० माउ गाई छन् । उनले दैनिक दैनिक २२० लिटर दूध स्थानीय चिस्यान केन्द्रलाई दिँदै आएका छन् । केन्द्रले दुग्ध वितरण आयोजना विराटनगरलाई दूध विक्री गर्छ । चिस्यान केन्द्रबाट उनले १० लाख रुपैयाँ पाउन बाँकी छ । रकम भुक्तानी नहुँदा गाईलाई खुवाउने पोषिलो दाना खुवाउन नपाएको उनले बताए । यसकारण दूधको दैनिक उत्पादन घटेर ४० लिटरमा झरेको उनले सुनाए । अर्का किसान घमण्डबहादुर थापाले समयमा दूधको रकम भुक्तानी नपाउँदा गाईलाई खुवाउने दानाको समस्या भएको बताए । उनका अनुसार निषेधाज्ञाका कारण ढुवानी नहुँदा पशुआहाराको अभाव छ । अर्काेतिर, किनेर ल्याउन पैसा छैन । ९ माऊ गाई भएका उनले पहिले दैनिक एक सय लिटरसम्म दूध विक्री गर्दै आएका थिए । अहिले दैनिक ७० लिटर मात्र  विक्री गरिरहेका छन् । दुग्ध संकलन केन्द्रहरूबाट दैनिक संकलित दूध प्रशोधन गरी आयोजनाले दूध, घ्यू, दही, पाउडर दूध, पनिर, चीज, मख्खन लगायत बनाएर विक्री गर्दै आएको छ । सोही विक्रीबाट उसले किसानलाई भुक्तानी गर्ने हो । निषेधाज्ञाका कारण विक्री घटेपछि भुक्तानीमा समस्या भएको आयोजनाका विराटनगर प्रमुख गणेश यादवले बताए । आयोजनाले दैनिक संकलन गर्ने २६ हजारदेखि ३० हजार लिटरमध्ये झण्डै २० हजार लिटर दूध इलामबाट मात्रै आउने गरेको छ । यसबाहेक धनकुटा, तेह्रथुम, झापा, मोरङ, सुनसरीका किसानले पनि संस्थान मातहतकै दुग्ध वितरण आयोजनालाई दूध बेच्ने गरेका छन् । निजीक्षेत्रका डेरीले किसानलाई प्रतिलिटर ५० रुपैयाँसम्म मूल्य दिने गरेका छन् । तर, सरकारी संस्थानले प्रतिलिटर ४५ देखि ४६ रुपैयाँसम्म दिने गरेका छन् । आयोजनाका अनुसार दैनिक तीन हजार लिटर दूध मात्रै विक्री हुने गरेको छ । एक हजार लिटर हाराहारी दही र बाँकी पाउडर विक्री हुन्छ । तर, दूध र दही विक्री नभएपछि पाउडर उत्पादन गरी स्टक गरिएको छ । आयोजनासँग अहिले २६० टन पाउडर दूध छ । यस्तै ६० टन मख्खन र ५ टन घ्यू छ । ‘यस्तै अवस्था रहिरहने हो भने मिल्क होलिडे गर्नुको विकल्प हुन्न,’ आयोजना प्रमुख यादवले भने । विवाह, ब्रतबन्ध लगायतका अनुष्ठान र पार्टीहरू नहँुदा उत्पादित दुग्ध पदार्थ गोदाममै थन्क्याउनु परेको उनले बताए ।

आयोजना बन्द हुँदा किसानको दूध अलपत्र

टीका खतिवडा इलाम-विराटनगरस्थित दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट बन्द भएपछि इलामबाट दूध निकासी बन्द भएको छ । गत मंसिर २५ गतेबाट दूध बिक्री बन्द भएपछि इलामका किसानले उत्पादन गरेको दूध खेर जाने स्थितिमा पुगेको छ । कतिपय किसानले निजी डेरीमा दूध बेच्न थालेका छन् ।विभिन्न दुग्ध उत्पादक सहकारीमार्फत संकलन भएको दूध चिस्यान केन्द्र हुँदै विराटनगर […]

आयोजना बन्द हुँदा किसानको दूध अदपत्र

टीका खतिवडा इलाम-विराटनगरस्थित दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट बन्द भएपछि इलामबाट दूध निकासी बन्द भएको छ । गत मंसिर २५ गतेबाट दूध बिक्री बन्द भएपछि इलामका किसानले उत्पादन गरेको दूध खेर जाने स्थितिमा पुगेको छ । कतिपय किसानले निजी डेरीमा दूध बेच्न थालेका छन् ।विभिन्न दुग्ध उत्पादक सहकारीमार्फत संकलन भएको दूध चिस्यान केन्द्र हुँदै विराटनगर […]

मासिक १५ लाखको कारोबार गर्दै चिज उत्पादन केन्द्र

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक १५ लाख रुपैयाँको हाराहारीमा कारोबार गरिरेहका छन्। २०२७ मा साविकको भिमखोरी गाविस–१ जुगेपानी पौवामा दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण केन्द्रको आयोजनामा स्थापना भएको उक्त केन्द्रले सो स्थान र आसपासका क्षेत्रबाट दूध संकलन गरिरहेका छन्।