भरतपुरमा सञ्चालनमा आयो ‘गंगा’ ब्रान्डका दूध र दुधजन्य परिकारको विक्री केन्द्र

भदौ १५, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित  गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दूध र दुधजन्य परिकार विक्री गर्न विक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।  सोमवार कृष्ण जन्माष्टमीको अवसर पारेर उक्त संस्थाले दूध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको हो । सहकारीले भरतपुर २२, धनौजीमा रहेको केन्द्रीय कार्यालयमा विक्रि केन्द्र सञ्चालनमा ल्याइ  सेवा शुरु गरेको हो ।  विक्री केन्द्रको उद्घाटन गर्दै प्रदेश सासंद रामलाल महतोले किसानले आफ्नो उत्पादको मूल्य आफैले तोक्न नसकेको अवस्थामा किसान संगठित हुँदा आफ्नो उत्पादनको मूल्यआफैले तोकेर विक्री गर्ने अवस्था आएको भन्दै खुशी व्यक्त गरे  । उनले  दूधको बजारीकरण र यान्त्रिकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए  । वडा अध्यक्ष विष्णुराज महतोले सहकारीको यस कार्यले आत्मनिर्भरतासँगै यहाँको रकम  बाहिर जानबाट जोगिने बताए ।  गंगानगर दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारीले दूध संकलन गरेर डेरी उद्योगलाई विक्रीगर्दा किसानको लागतपनि उठ्न गाह्रो भएको भन्दै  किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षासहित उद्योगका रुपमा सहकारीलाई विकास गरिने बताए । उक्त सहकारीले आफ्नै  नमूना पशुपालन फार्म तथा स्रोत केन्द्रमार्फत सहकारीमा दैनिक ६  हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्दै आएको छ ।  गत वर्षदेखि परीक्षणको रुपमा ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीले तीन महीनाअघि गंगा ब्रान्डले खाद्यान्न अनुज्ञापत्रसमेत पाएको छ । सहकारीले यो पहिलो विक्री केन्द्र भएपनि यो  सहितसहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्यबजार क्षेत्रमा उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक विक्री गर्ने लक्ष्य राखेको छ । विक्री केन्द्रबाट पहिलो चरणमा  दूधबाट दही, मोही, घ्यू, पनीर, नौनी, खुवा, बटर, छुर्पी,क्रिम लगायतका विभिन्न मिठाइका उत्पादन गरी विक्री शुरु गरिएको संस्थाका व्यवस्थापक राम प्रसाद सापकोटाले बताए । उनका अनुसार सहकारीले क्रमशः उत्पादन र परिकार बढाउँदै लैजाने छ ।  प्रशोधनका केन्द्रका अपरेटर गोविन्द आचार्यले ताजा दूधबाट तत्कालै परिकार बन्ने हुँदा अन्तको भन्दा गुणस्तरीय र शुद्ध परिकार उत्पादन हुने दाबी गरे । सहकारीले करीब  २ करोड रुपैयाँको लगानीमा उद्योगसहित सहकारीकै भवनमा विक्री केन्द्र स्थापना गरेको हो । २०४९ सालमा स्थापना भएको उक्त सहकारीमा अहिले ५०० भन्दा बढी किसान आबद्ध छन् ।  

सम्बन्धित सामग्री

कामधेनु दुग्ध विकास सहकारीले दुधजन्य सामग्री निःशुल्क प्रदान गर्ने

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आइसोलेसनलाई रहेका कोरोना संक्रमितहरुका लागि ३ महिनासम्म दूध तथा दूधजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ ।इटहरीमा उद्योग वाणिज्य संघको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मञ्चको सहकार्यमा सञ्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दूध तथा दूधजन्य पदार्थ […]

निषेधाज्ञामा विकास निर्माणलाई भने खुकुलो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुनः एक हप्तासम्मका लागि निषेधाज्ञा थप्दै उपत्यकाभित्र विकास निर्माणका काम गर्न भने खुकुलो बनाएको छ । अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा÷मासु विक्री वितरण गर्ने पसलहरूलाई हालसम्म नौ बजेसम्म रहेकोमा ११ बजेसम्म दिइने आदेश जारी गरेको प्रशासन कार्यालयले विकासमा निर्माणका काममा भने खुकुलो बनाएको हो […]