अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको छ ।
रुसले आक्रमण थालेपछि भएको अमेरिकी उच्च अधिकारीहरुको भ्रमणका क्रममा रक्षा सहयोग, रुसमाथिको प्रतिबन्ध थप बलियो बनाउने, युक्रेनलाई आर्थिक सहयोग र सुरक्षा ग्यारेन्टीबारे छलफल गरेको युक्रेनले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाले युक्रेनका लागि तीन दशमलव चार बिलियन अमेरिकी डलर रक्षा सहयोग उपलब्ध गराएको छ । आर्थिक सहायता कार्यक्रममा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई द्वन्द्...