किभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा शक्तिले आफूहरूलाई एक्लै छाडेको गुनासो गरेका छन्।रूसले युक्रेनमाथि लगातार आक्रमण गरिरहँदा नेटो लगायत कतैबाट सहयोग नमिलेपछि उनले यस्तो धारणा व्यक्त गरेका हुन्।जेलेन्स्कीले भने, ‘हाम्रो पक्षमा लड्ने को छ ? म कोही पनि देख्दिनँ। युक्रेनलाई नेटो सदस्यताको ग्यारेन्टी गर्न को तयार छ? सबै डराए।'आफूले युरोपेली संघ (ईयू)का का सबै देशहरूलाई यो विषयमा सोधे पनि निरुत्तर भएको उनले स्पष्ट पारे।उनले भने, ‘मैले २७ युरोपेली नेतालाई सोधेँ