मन्दाकिनी हाइड्रोपावर तथा श्वेतगंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

कात्तिक १७, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेड र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र  बोर्डमा निवदेन दिएका छ्न ।  मन्दाकिनी हाइड्रोपावरले आयोजना प्रभावित तथा  सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न गत कात्तिक १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले जारी पूँजी रू.५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्ने गर्नेछ ।  आईपीओ  निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले कास्की जिल्लामा चार मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ ।  यसैगरी श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले पनि कात्तिक १० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जारी पूँजी रू.१ अर्ब ५९ करोड ३० लाख को ३० प्रतिशतले हुन आउने रू.४७ करोड ७९ लाख बराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरको ४७ लाख ७९ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारणलाई जारी गर्न लागेको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले रामेछापको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८ दशमलव १ मेवा क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

सम्बन्धित सामग्री

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट

९ साउन, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ९ साउन सोमबारदेखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन -आईपीओ) विक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार […]

मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरको ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर […]

मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, कहिलेदेखि आवेदन दिन सकिन्छ ?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरका ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँबराबरको ११ लाख ७६ हजार७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१...

मन्दाकिनी हाइड्रोपावर साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

१ साउन, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन -आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार […]

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट

काठमाडौं, १ साउन । मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्न लागेको कुल आईपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका […]

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट

मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्न लागेको कुल आईपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । १२ साउनसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेट

असार १ गतेदेखि स्थानीयमा आईपीओ जारी गर्दै मन्दाकिनी हाइड्रोपावर

जेठ २३, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि जारी पूँजी रू. ५८ करोड ८० लाख ३६ हजार ९०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।  यो शेयर खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । छिटोमा असार १५ गतेसम्म विक्री खुला हुने यस आईपीओ उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार ३० गतेसम्म विक्रीमा रहनेछ ।  यो आईपीओ खरीदका लागि मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । इच्छुक खरीदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस आइएस रेटिङ प्रदान गरेको छ ।  यस कम्पनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दिखोला जलविद्युत् आयोजना निर्माण गरी २०७४ साल मंसिर २३ गतेदेखिनै विद्युत् उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत रू. ८३ करोड १० लाख १२ हजार छ ।  हाल संस्थापक तर्फबाट चुक्ताभएको ७० प्रतिशत पूँजी रू. ४१ करोड १६ लाख २५ हजार रहेको छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत शेयर जारीपश्चात कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ८० लाख ३६ हजार पुग्नेछ । गत आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको वास्तविक सञ्चित नाफा रू. ८४ लाख ४२ हजार रहेको छ ।  सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६८ र प्रतिशेयर नेटवर्थ रू. १०२ रहेको छ । कम्पनीले यहि प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो शेयर कारोबारका लागि प्राप्त गर्नेछ । आईपीओ निष्कासनको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

मन्दाकिनी हाइड्रोपावरले आईपीओ जारी गर्ने, निष्कासनकर्तामा बीओके क्यापिटल नियुक्र

भदौ १, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। सो कार्यका लागि  मंगलवार कम्पनी र बीओके क्यापिटल बीच सम्झौता भएको हो। सम्झौतापत्रमा मन्दाकिनी हाइड्रोपावरका तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेशबहादुर बस्नेत र बीओके क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन्। यसैगरी कम्पनीको शेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य पनि बीओके क्यापिटल गर्ने छ। कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार १११ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।