असार १ गतेदेखि स्थानीयमा आईपीओ जारी गर्दै मन्दाकिनी हाइड्रोपावर

जेठ २३, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि जारी पूँजी रू. ५८ करोड ८० लाख ३६ हजार ९०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।  यो शेयर खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । छिटोमा असार १५ गतेसम्म विक्री खुला हुने यस आईपीओ उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार ३० गतेसम्म विक्रीमा रहनेछ ।  यो आईपीओ खरीदका लागि मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । इच्छुक खरीदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस आइएस रेटिङ प्रदान गरेको छ ।  यस कम्पनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दिखोला जलविद्युत् आयोजना निर्माण गरी २०७४ साल मंसिर २३ गतेदेखिनै विद्युत् उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत रू. ८३ करोड १० लाख १२ हजार छ ।  हाल संस्थापक तर्फबाट चुक्ताभएको ७० प्रतिशत पूँजी रू. ४१ करोड १६ लाख २५ हजार रहेको छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत शेयर जारीपश्चात कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ८० लाख ३६ हजार पुग्नेछ । गत आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको वास्तविक सञ्चित नाफा रू. ८४ लाख ४२ हजार रहेको छ ।  सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६८ र प्रतिशेयर नेटवर्थ रू. १०२ रहेको छ । कम्पनीले यहि प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो शेयर कारोबारका लागि प्राप्त गर्नेछ । आईपीओ निष्कासनको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

सम्बन्धित सामग्री

मन्दाकिनी हाइड्रोपावरद्वारा ५ प्रतिशत नगद लाभांश वितरण शुरु

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यस वर्षको ५ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा करसमेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  कम्पनीले चुक्तापूँजी रू. ५८ करोड ८० लाख ३६ हजारको आधारमा पहिलो पटक लाभांश वितरण गरेको हो । यस कम्पनीले गत साउनमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो ।  नगद लाभांश सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामै जम्मा गर्न शुरु गरिएकाले आफ्नो लाभांश जम्मा भए नभएको यकिन गर्न कम्पनीले भनेको छ । हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूको बैंक खाता अद्यावधिकपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । साथै साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेको दिनभन्दा अघिल्लो दिनसम्म शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूले नो अब्जेक्सन लेटर अर्थात् बुक क्लोजको अघिल्लो दिनभन्दा पछि कर्जा चुक्ता गरेका सदस्यहरूले फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश वितरण गर्ने व्यवस्था मिलाइएको कम्पनीको भनाई छ ।  कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम कम्पनीका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।

मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ […]

मन्दाकिनी हाइड्रोपावरको ११ करोड ७६ लाख बराबरको आईपीओ खुल्ला

काठमाडौं, ९ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्रि खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणको लागि ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । उक्त आईपीओ मध्ये ५८ हजार ८०३ कित्ता सामुहिक लगानी कोष, २३ हजार ५२१ कित्ता कर्मचारीको लागि कम्पनीले छुट्टाएको छ । १० लाख ९३ […]

मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।१२ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथ

मन्दाकिनी हाइड्रोपावरले आईपीओ जारी गर्ने, निष्कासनकर्तामा बीओके क्यापिटल नियुक्र

भदौ १, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। सो कार्यका लागि  मंगलवार कम्पनी र बीओके क्यापिटल बीच सम्झौता भएको हो। सम्झौतापत्रमा मन्दाकिनी हाइड्रोपावरका तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेशबहादुर बस्नेत र बीओके क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन्। यसैगरी कम्पनीको शेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य पनि बीओके क्यापिटल गर्ने छ। कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार १११ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।