काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।सोमबार एक कार्यक्रमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका साँस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गरे मात्रै पर्यटन विकास गर्न सकिने प्रष्टाएका छन्।उनले मूर्त र अमूर्त सम्पदाको संरक्षण आवश्यक रहेको पनि बताएका छन्।