पशुपतिको गुरुयोजना तयार, प्राविधिक समितिले बुझायो पर्यटनमन्त्रीलाई मस्यौंदा

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । गत कात्तिक २०, २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले नयाँ स्वरुपमा गुरुयोजनाको मस्यौदा तयार गरी बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको हो । मन्त्री श्रेष्ठले गुरु योजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त गरे । पशुपतिनाथ मन्दिरको ऐतिहासिक, धार