पशुपतिको गुरुयोजना तयार, मन्त्रीलाई मस्यौदा हस्तान्तरण

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको गुरुयोजना तयार पारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित प्राविधिक समितिले स्थानीयवासी एवं सरोकारवाला निकायसँग छलफल गरी नयाँ स्वरुपमा गुरुयोजना परिमार्जन गरी बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको छ। मन्त्री श्रेष्ठले गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदा संरक्षण हुनुका साथै अन्तरराष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास