काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि स्थानीय तहलाई बजेट पठाएको छ। स्रोत विकास केन्द्रका अनुसार छनोट भएका १ सय ४० सामुदायिक विद्यालयका लागि सम्बन्धित स्थानीय तहमा १० लाख रूपैयाँका दरले पठाइएको छ। यसका लागि १४ करोड रूपैयाँ विनियोजन भएको छ।स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले यसै वर्ष पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन हुने जानकारी दिए। ‘सम्बन्धित स्थानीय तहमा वित्तिय ह