सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी राजस्य संकलन हुने कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा मासिक लक्ष्य पूरा गर्न सकेको छैन । भन्सार कार्यालयका अनुसार कैलाली भन्सारको साउनदेखि मंसिरसम्मको मासिक लक्ष्य ४ अर्व ६१ करोडमा ३ अर्व ९३ करोड मात्रै राजस्व उठाउन सकेको छ । यो मासिक लक्ष्यको प्रगतिमा ८५ प्रतिशत मात्रैं हो । वार्षिक ११ अर्ब ८२ करोड राजस्व लक्ष्यको ३३ प्रतिशत मात्रै प्रगति भएको भन्सार अधिकृत मदनराज पन्तले बताए ।