बजेटमा प्रयोग हुने शब्दावली

जे‍ठ १३, काठमाडौं। अर्थतन्त्र अन्य विषयजस्तै विशिष्टीकृत र स्वतन्त्र विधा हो । विशिष्टीकृत विषय भएकाले अर्थतन्त्रबारे बुझ्न यसका आधारभूत पक्षबारे जान्नैपर्ने हुन्छ ।  यसका लागि अर्थतन्त्रमा प्रयोग भइरने शब्दहरू, त्यस्ता शब्दले भन्न खोजेको अर्थ बुझ्नुपर्ने हुन्छ । आउँदै गरेको बजेट र बजेट कार्यान्वयनलगायत समग्र अर्थतन्त्रको बुझाइमा सहज बनाउने केही शब्द र तिनको अर्थ प्रकाशित गरिएको छ ।  कुल राष्ट्रिय उत्पादन : एक वर्षको अवधिमा कुनै पनि देशको सीमाभित्र उत्पादन भएका सम्पूर्ण अन्तिम वस्तु तथा सेवाको बजार मूल्य तथा विदेशबाट प्राप्त भएको खुद साधन (देशका नागरिक र उत्पादनका साधनलाई खुद साधन मानिन्छ) आम्दानीको योगफल कुल राष्ट्रिय उत्पादन हो ।  कुल राष्ट्रिय उत्पादनमा चाहिँ विप्रेषण आय, उक्त देशका उत्पादनका साधनले विदेशबाट प्राप्त गर्ने आम्दानीसमेत समावेश भएको हुन्छ । विदेशी नागरिक वा विदेशी स्वामित्वका उत्पादनका साधनहरूले उक्त देशमा गरेको आम्दानी पनि कुल राष्ट्रिय उत्पादनमा समावेश हुँदैन ।  खुद राष्ट्रिय उत्पादन : कुल राष्ट्रिय उत्पादनमा मूल्यह्रास घटाएपछि कायम हुन आउने खुद राष्ट्रिय उत्पादन हुन्छ । मूल्यह्रासलाई ह्रासकट्टी पनि भनिन्छ । राष्ट्रिय आम्दानी : कुनै पनि देशका उत्पादनका साधनहरू (उत्पादनका साधन भनेको भूमि, पूँजी, श्रम र संगठन हुन्) ले आफ्नो भौगोलिक सीमाभित्र १ वर्षको अवधिमा ज्याला, लगानी, ब्याज र नाफाको रूपमा आर्जन गरेको आम्दानीमा विदेशबाट प्राप्त खुद साधन आम्दानी जोडेर निस्कने योगफल राष्ट्रिय आम्दानी हो । यसलाई कुल राष्ट्रिय आम्दानी भनिन्छ । यसमा स्थिर सम्पत्तिको मूल्यह्रास घटाएपछि खुद राष्ट्रिय आय निस्कन्छ ।  प्रतिव्यक्ति आय : कुनै पनि देशको राष्ट्रिय आम्दानीलाई जनसंख्याले भाग गर्दा निस्किने रकम प्रतिव्यक्ति आय हो । निश्चित अवधिमा कुनै देशका जनताको औसत आम्दानी नै प्रतिव्यक्ति आय हो ।  राजस्व घाटा : प्रक्षेपित राजस्वको तुलनामा खुद राजस्व कम भयो भने राजस्व घाटाको अवस्था मानिन्छ । अर्थात् यति राजस्व उठाउने भनी सरकारले बजेटमा गरेको प्रक्षेपणअनुसार राजस्व उठेन भने त्यसलाई राजस्व घाटा भनिन्छ । राजस्व घाटा हुँदा सरकारलाई लक्षित खर्च धान्न गाह्रो पर्छ र स्रोतको खोजी गर्नुपर्छ ।  वित्तीय घाटा : आम्दानीभन्दा खर्च बढी भएको अवस्थालाई वित्तीय घाटा भनिन्छ । यसलाई बजेट घाटा पनि भनिन्छ । धेरैजसो मुलुकले घाटाको बजेट निर्माण गर्ने गर्छन् ।

सम्बन्धित सामग्री

कसरी प्रयोग गर्ने ‘परफ्युम’ ?

शरीरबाट आउने पसिनाले दुर्गन्धित बन्ने शरीरलाई सुगन्ध भर्न परफ्युम लगाउने गरिन्छ । परफ्युम प्रयोग गर्ने पछिल्लो समय ट्रेन्ड नै पनि बनिसकेको छ । हरेक मान्छेले  परफ्युम लगाउने गर्छन् ।  परफ्युम कसैले लुगा माथि लगाउने गर्छन् भने कसैले सिधै छालामा पनि प्रयोग गर्ने गर्छन् ।  धेरै मानिसहरू महँगो परफ्युम किनेर लगाउँदा पनि शरीरमा वासना (सुगन्ध) धेरै […]

'भीपीएन प्रयोग गरेर टिकटक नचलाउनू'

सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिबन्धित एन्टिबायोटिक ‘कोलिस्टन’ पशुपंक्षीमा प्रयोग

‘कोलिस्टिन’ नामक एन्टिबायोटिक मानिस होस् या पशुपंक्षीमा अन्तिम चरणमा मात्र प्रयोग गरिन्छ। यो भएका कुनै पनि एन्टिबायोटिकले काम नगरेको अवस्थमा मात्र प्रयोग गरिन्छ।...

प्रतिबन्धित एन्टिबायोटिक ‘कोलिस्टन’ पशुपंक्षीमा प्रयोग

‘कोलिस्टिन’ नामक एन्टिबायोटिक मानिस होस् या पशुपंक्षीमा अन्तिम चरणमा मात्र प्रयोग गरिन्छ। यो भएका कुनै पनि एन्टिबायोटिकले काम नगरेको अवस्थमा मात्र प्रयोग गरिन्छ।...

आफ्नो चिप प्रयोग नगरेर पुनःक्वालकमकै चिप प्रयोग गर्दै सामसङ

सामसङले आफ्नो आगामी ग्यालेक्सी एस फ्ल्यागशीपको विश्वव्यापी फोनमा एक्सीनोस चिप प्रयोग नगर्ने भएको छ । एक्सीनोस चिप सामसङको आफ्नै चिप हो । कम्पनीले ग्यालेक्सी एस सिजिका लागि क्वालकमकै सिंगल सोर्स चिप प्रयोग गर्ने भएको छ । अहिलेसम्म कम्पनीले आफ्नो फोनमा दुवै क्वालकम र एक्सीनोस चिप प्रयोग गर्दै आएको छ । क्वालकमले एप र गेमहरुमा राम्रो अनुभव दिएको पाइएको  छ । एक्सीनोस चिप...

कतार विश्वकपमा प्रयोग हुने बल सार्वजनिक

फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ । कतारमा आयोजना हुने विश्व फुटबलको महाकुम्भ मेलामा प्रयोग हुने बल बुधबार सार्वजनिक भएको हो । एडिडासको उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो । बलमा प्रयोग गरिएको ‘अल रिल्हा’ को अरबीमा ‘दी जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ठित डुंगा र झण्डाबाट प्रेरित रहेको छ ।फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो । एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर

तपाईंले प्रयोग गर्ने सीम कसको नाममा छ ?

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई अरु कसैको नाममा भएको सिम प्रयोग गरिरहनु  भएको छ भने कुनै समय तपाई समस्यामा पर्न सक्नु हुन्छ । सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ ।  आज हामी तपाईलाई...

महिनावारी 'कप' के हो? कसरी प्रयोग गर्ने?

महिनावारी बेला प्रयोग गर्ने यस्तै वैकल्पिक साधन हो मेन्स्ट्रुअल कप अर्थात् महिनावारी कप। यो सिलिकनले बनेको सानो कप हो जसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ।

टूथपेस्टको मात्रा कति प्रयोग गर्ने ?

प्रायजसो मानिसहरु दाँत चम्किलो ,सेतो बनाउनका लागि टूथपेस्टको मात्रा बढी प्रयोग गर्ने गर्दछन् । मानिसहरुमा यो भ्रम बसिसकेको छ कि धेरै टूथपेस्टको प्रयोग गर्दा दाँत चम्किलो हुन्छ ।

प्रयोग भइसकेको वस्तुलाई पुनः प्रयोग गर्ने उद्योगलाई छुट

काठमाडौं। प्रयोग भइसकेको वस्तुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई छुटको व्यवस्था गरिएको छ। सरकारले त्यस्ता उद्योग स्थापना भएको पहिलो दिनदेखि तीन वर्षसम्मको अवधिमा आयकरमा छुट दिने व्यवस्था गरेको हो।