धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने संस्थाको कारोबार नरोक्न निर्देशिका ल्याउँदै

काठमाडौं । धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने बैंक तथा वित्तीय संस्थाको कारोबार नरोक्न आगामी १० दिनभित्र निर्देशिका जारी गर्ने भएको छ । यसका लागि बोर्डभित्र विज्ञ टोली बसेर निर्देशिका बनिरहेको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । नेपाल राष्ट्र बैंकले केही दिनअघि मौद्रिक नीतिमार्फत नेपाल धितोपत्र बोर्डको स्वायततालाई स्वतन्त्र छोड्दै मर्जरमा जान लागेको बैंक […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको मर्जरपछि २५ पुसदेखि एकीकृत कारोबार हुने

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भइ २५ पुसदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । दुबै बैंकको २३ मंसिरमा सम्पन्न वाषिर्क साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । साधाराणसभाबाट मर्जर प्रस्ताव पारित गरी गाभ्ने गाभिने (मर्जर) अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको अन्तिम […]

सेञ्चुरीलाई प्राप्ति गरी प्रभु बैंकले २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने

२२ पुस, काठमाडौं । प्रभु बैंकले लिमिटेडले सेञ्चुरी बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै बैंकको १४ पुसमा सम्पन्न वार्षिक साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । साधारणसभबाट एक्विजिसज प्रस्ताव पारित गरी गाभ्ने गाभिने (मर्जर) अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको अन्तिम […]

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको मर्जरपछि २५ पुसदेखि एकीकृत कारोबार

२२ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भई २५ पुसदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । दुबै बैंकको २३ मंसिरमा सम्पन्न वाषिर्क साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । साधाराणसभाबाट मर्जर प्रस्ताव पारित गरी गाभ्ने गाभिने (मर्जर) अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड […]

मर्जर र एक्विजिसनपछि १५ दिन बढी कारोबार नरोक्ने नियामक धितोपत्र बोर्डको प्रस्ताव

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संगठित संस्था एक आपसमा प्राप्ति अथवा गाभिने प्रयोजनका लागि अधिकतम १५ दिन कारोबार

१५ दिनभन्दा बढी सेयर कारोबार रोक्का नहुने, सेबोनले गर्यो यस्तो व्यवस्था

अब मर्जर, प्राप्ति वा एक्वीजनमा जाने कम्पनीहरुको सेयर कारोबार १५ दिनभन्दा बढी रोक्का नहुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबार रोक्का सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । उक्त निर्देशिका अनुसार मर्जर, प्राप्ति वा एक्वीजनमा जाने कम्पनीहरुको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुनेछ । संगठित संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदामा भनिएको छ, ‘कुनै कम्पनी वा संस्थाले एकीकृत व्यवसायिक कारोबार गर्

मर्जरमा सेयर कारोबार रोकिन्छ, तर लगानी बन्धक हुन दिइँदैन : धितोपत्र बोर्ड

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकको मर्जरमा सेयर कारोबार रोक्का गर्नेसम्बन्धी व्यवस्था गर्न कार्यविधि बनाउने तयारी थालेको छ । राष्ट्र बैंकले सेयर कारोबार रोक्ने व्यवस्था धितोपत्र बोर्डको नियअनुसार हुने निर्णय बोर्डले कार्यविधि बनाउन लागेको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नसक्ने अधिकार धितोपत्र बोर्डलाई […]

मर्जरमा जाने कम्पनीको सेयर कारोबार नरोकिने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्षदेखि कुनैपनि मर्जरमा जाने निर्णय गरेपछि सेयर कारोबार रोकिने अवस्था हटाउने भएको छ । यसका लागि मर्जर नियमावली संशोधन हुनुपर्ने तथा केन्द्रीय बैंकसँग पनि छलफल भइरहेको सेबोनका अध्यक्ष रमेश हमालले बताए । मंगलबार सेबोनमा आयोजित कार्यक्रममा उनले कुनै पनि कम्पनी मर्जर तथा एक्विजिसनको नाममा अब सेयर […]

मर्जरमा जाने कम्पनीको सेयर कारोबार नरोकिने

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्षदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि सेयर कारोबार रोकिने अवस्था हटाउने भएको छ । यसका लागि मर्जर नियमावली संशोधन हुनुपर्ने तथा केन्द्रीय बैंकसँग पनि छलफल भइरहेको सेबोनका अध्यक्ष रमेश हमालले बताए ।मंगलबार सेबोनमा आयोजित कार्यक्रममा उनले कुनै पनि कम्पनी मर्जर तथा एक्विजिसनको नाममा अब सेयर कारोबार रोक्का […]

लगानीकर्ता अनसनको तयारीमा, धितोपत्र बोर्ड अध्यक्ष हमाल अमेरिकामा

विभिन्न १९ बुँदे माग राखेर शेयर लगानीकर्ता अनसन बस्ने तयरी गरिरहेको बेला नेपाल धितोपत्र बोर्डका अध्यक्ष भने अमेरिका प्रस्थान गर्ने भएका छन् । बोर्ड अध्यक्ष रमेश कुमार हमाल एक साताको छुट्टि लिएर अमेरिका प्रस्थान गर्न लागेका हुन् । उनी आज अमेरिका प्रस्थान गर्दै छन् । हमालले आज सोमबारबाट ७ दिनको लागि विदा लिएका छन् । विदेश जाँदा अर्थ मन्त्रालयबाट नै विदा स्वीकृत गराउनु पर्ने ब्यबस्था अनुसार उनले मन्त्रालयबाट नै ७ दिनको विदा स्वीकृत गराएको स्रोतले जनाएको छ । अमेरिका जानैको लागि उनले बोर्डबाट अवकाश हुन लागेका कार्यकारी निर्देशक निरज गिरीको विदाई कार्यकम जेठ २७ गते गरिसकेका छन् । गिरी जेठ ३१ मा अवकाश पाउदै थिए । तर जेठ ३० गतेबाट विदा लिनको लागि अध्यक्ष हमालले जेठ २७ गते नै गिरीको विदाई कार्यक्रम राखेका हुन् । २ दिन बाँकि रहँदै बोर्डले विदाई कार्यक्रम राखेपछि गिरीले पनि जेठ ३० र जेठ ३१ गते विदा लिएका छन् । लगानीकर्ता आन्दोलन गरिरहेको बेला नै बोर्ड अध्यक्ष अमेरिका जानुलाई चासोका साथ् हेरिएको छ । तर उनी बोर्डको तर्फबाट कुनै औपचारिक कार्यक्रममा सहभागी हुन जान लागेका भने होइनन् । उनको भम्रण व्यक्तिगत भएको बताईएको छ । शेयर लगानीकर्ताहरु १९ बुँदे माग पुरा गराउनको लागि ज्ञापन पत्र बुझाउन जाँदा बोर्ड अध्यक्ष हमालले ति माग पुरा गर्न बोर्ड सकारात्मक रहेको, कतिपय मागका विषयमा काम भईरहेको भन्दै तत्काल अनसन नबस्न आग्रह गरेका थिए । तर लगानीकर्ताले अनसन सुरु गर्नु अगाडी नै उनी अमेरिका जाने र अनसन सुरु हुनु दिन अमेरिका मै रहने भएका हुन् । पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइराला असार १ देखि अनसनको तयारीमा छन् । संघर्ष समितिको आह्वानमा अहिले हरेक दिन माइतीघर मण्डलामा लगानीकर्ताहरुले प्रदशन गरिरहेका छन् । लगानीकर्ता आन्दोलन गरिरहेको बेला बोर्ड अध्यक्ष हमाल अमेरिका जाँदा लगानीकर्ताको माग सम्बोधन हुन भने ढिलाई हुने देखिन्छ । यस्ता छन् लगानीकर्ताका माग : १. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा  बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।

मर्जर र प्राप्ति : लामो समय कारोबार रोक्ने परिपाटी हट्दै

जेठ २०, काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीबीच मर्जर वा प्राप्तिको प्रक्रिया शुरू भएपछि लामो समय शेयर कारोबार रोक्ने अहिलेको परिपाटी चाँडै हट्ने भएको छ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मर्जर तथा प्राप्ति प्रयोजनका कारण लामो समय शेयर कारोबार रोकिन थालेपछि यसको निकास खोज्न थालेको हो । बोर्डले यस विषयमा अध्ययन गरी आवश्यक निकास निकाल्न कार्यदल (टास्क फोर्स)लाई जिम्मा दिइसकेको जानकारी दिएको छ ।  बोर्डका अध्यक्ष रमेशकुमार हमालले लामो समय लगानीकर्ताको सम्पत्ति मर्जर तथा प्राप्तिको नाममा बन्धक बनाउन नहुने भन्दै यसको निकासका लागि बोर्ड गम्भीरताका साथ अघि बढेको बताए । यस विषयमा नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग छलफल भइसकेको र दुवै निकाय सकारात्मक रहेकाले आगामी १५ दिनभित्र निकास निस्कने विश्वास हमालको छ । यो विषयमा छिटो निकास निकाल्नुपर्ने भएकाले टास्क फोर्सलाई जिम्मा दिइएको उनको भनाइ छ । टास्क फोर्सले विशेषगरी बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्ति प्रयोजनका लागि केकति समय कारोबार रोक्का गर्दा ठीक हुन्छ भन्ने विषयमा अध्ययन गर्ने हमालले जानकारी दिए । मर्जर तथा प्राप्ति प्रयोजनका लागि कारोबार रोक्का गर्ने व्यवस्था धितोपत्र बोर्डले नगरेको तर्क उनको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बनाएको उक्त व्यवस्था हाल नेप्सेले सबै क्षेत्रको कम्पनीमा लागू गरेकाले यसलाई सुधारेर लैजान निर्देशन दिइसकेको हमालले जानकारी दिएका छन् ।  धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज पनि मर्जर तथा प्राप्तिको कारण लामो समय कारोबार रोक्का गर्न नहुने पक्षमै छ । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बोर्डले हालको व्यवस्थालाई अध्ययन गरी निकासको बाटो खोजे नेप्से सोही बाटोमा हिँड्ने बताए । संसारभर कहीँ कतै नभएको हाम्रो देशको यो व्यवस्थालाई जतिसक्दो परिवर्तन गर्न नियामक निकायले पहल गर्नुपर्ने माग उनको छ । हाल मर्जर तथा प्राप्तिका कारण दुई वाणिज्य बैंक, पाँच बीमा कम्पनी, चार लघुवित्त कम्पनी र दुई जलविद्युत् कम्पनीको शेयर कारोबार रोकिएको छ ।  शेयर कारोबार रोक्का हुने दुई वाणिज्य बैंकमा हिमालयन र नेपाल बंगलादेश बैंक छन् । नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर प्रयोजनका लागि २०७८ साल वैशाख ३१ गतेदेखि नै हिमालयन बैंकको शेयर कारोबार रोक्का छ । नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार खुला भइसके पनि हिमालयन बैंकको रोक्का नै छ । मर्जर नगर्ने भएसँगै २०७८ साल वैशाख ३१ गतेदेखि रोकिएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार जेठ १६ गतेदेखि खुला भएको हो । त्यस्तै नबिल बैंकले प्राप्ति गर्न लागेको नेपाल बंगलादेश बैंकको शेयर कारोबार २०७८ साल पुस ३० गतेदेखि रोक्का छ । यीबाहेक एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइमलाइफ इन्स्योरेन्स, नाडेप लघुवित्त, आँधीखोला लघुवित्त, घोडीघोडा लघुवित्त, समाज लघुवित्त, रिडी हाइड्रोपावर र रैराङ हाइडोपावरको शेयर कारोबार पनि मर्जर तथा प्राप्ति प्रयोजनकै लागि रोक्का छ । मर्जर र प्राप्तिको कारण लामो समयसम्म कारोबार रोक्का रहँदा समस्यामा परेको गुनासो लगानीकर्ताले गरेका छन् । पछिल्लो समय मर्जर सम्झौता अस्वीकृत भइसकेको महीनौं बितिसक्दा पनि हिमालयन बैंकको कारोबार खुला नभएको अवस्थाले पनि लगानीकर्ता आत्तिएका हुन् ।