सेञ्चुरीलाई प्राप्ति गरी प्रभु बैंकले २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने

२२ पुस, काठमाडौं । प्रभु बैंकले लिमिटेडले सेञ्चुरी बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै बैंकको १४ पुसमा सम्पन्न वार्षिक साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । साधारणसभबाट एक्विजिसज प्रस्ताव पारित गरी गाभ्ने गाभिने (मर्जर) अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको अन्तिम […]

सम्बन्धित सामग्री

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार मर्जर कार्यक्रम आयोजना गरेर एकीकृत कारोबार सुरु भएको जानकारी दिइएको छ । यी दुई बैंकको एकीकृत कारोबार भएसँगै शाखा १८९ र २० वटा एकस्टेन्सन काउन्टर पुगेको छ । कर्मचारी एक हजार ९७३ जना पुगेको बताइएको छ । त्यस्तै २६३ भन्दा बढी एटीएम […]

प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु

काठमाडौं ।प्रभु बैंक र सेन्चुरी बैंकको आज (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । दुवै बैंकलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस १९ गते अन्तिम स्वीकृति दिएको हो । दुवै बैंकको पुस १४ गते सम्पन्न […]

असार २७ गतेदेखि नबिल  र नेपाल बङ्गलादेश बैंकले एकीकृत कारोबार सुरु गर्ने

नबिल बैकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरी असार २७ गते एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ । नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूले सोमबारबाट नबिल बैंक लिमिटेडेको प्रादेशिक शाखा कार्यालयको रूपमा कारोबार सञ्चालन गर्ने नबिल बैंकले जनाएको हो ।दुवै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि असार २४ गते शुक्रबारदेखि असार २७ गते सोमबारसम्म नबिल बैंकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द रहने जनाइएको छ ।यस्तै असार २५ गते शनि

नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार सुरू

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ति प्रक्रिया पूरा भएर आइतबारदखि एकीकृत कारोबार सुरु भएको छ ।आइतबार आयोजित कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र बसन्तुकमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् । नबिल बैंकका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर […]

सिटिजन्स बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गरी शनिबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबार सुरु गरे । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति सहमतिअनुसार सिर्जना फाइनान्सका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रहेकामा प्राप्तिपछि यस्तो १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।   कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष भण्डारीले सिर्जना फाइनान्स प्राप्तिपछि बैंकको वित्तीय सूचकांक मानव स्रोत, प्राविधिक एवं अन्य क्षमता बढ्ने बताए । साविकको सिर्जना फाइनान्सका सञ्चालक समिति अध्यक्ष सुयेश प्याकुरेलले संस्थाका ग्राहक, कर्मचारी र लगानीकर्ताको हित र भविष्य सिटिजन्स बैंकमा अझ बढी सुरक्षित हुने विश्वास व्यक्त गरे । सिटिजन्स बैंकका सञ्चालक एवं मर्जर तथा प्राप्ति समिति संयोजक प्रबलजंग पाण्डेले प्राप्तिपछि बैंकको प्रतिस्पर्धात्मक क्षमता वृद्धि भई ग्राहकलाई गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मर्जरपछि कर्मचारीको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी व्यवसाय वृद्धिका लागि थप कार्यक्रम ल्याइने जानकारी दिए । प्राप्तिपछि बैंकका शाखा सञ्जाल १८९ पुगेका छन् ।

प्राइमको एकीकृत कारोबार सुरु

आइतबार एक समारोहकाबीच प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठले कन्काई विकास बैंकलाई प्राप्ति पश्चात्को एकीकृत कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ ।