अब मर्जर, प्राप्ति वा एक्वीजनमा जाने कम्पनीहरुको सेयर कारोबार १५ दिनभन्दा बढी रोक्का नहुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबार रोक्का सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । उक्त निर्देशिका अनुसार मर्जर, प्राप्ति वा एक्वीजनमा जाने कम्पनीहरुको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुनेछ । संगठित संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदामा भनिएको छ, ‘कुनै कम्पनी वा संस्थाले एकीकृत व्यवसायिक कारोबार गर्